प्रनिश र बिशालको जोडी क्वाटरफाईनलमा

झापा

झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडी द्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९।२१, २१।१६, २१।११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र हिरा राईको जोडी, ईचंगुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिंगको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोका शिव थापाको जोडी, भुपु सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडी रहेका छन् ।

गणेश र अभिषेकको जोडीले टोखाका क्षितीज खनाल र सूर्यदर्शनका दीपक रानाको जोडीलाई १४।२१, २१।१९, २१।१५, सनम र हिराको जोडीले सेनाका भोजबहादुर गुरुङ्ग र आयुष्मान नागरीको जोडीलाई २१।१४, २१।१३, रमेश र साजनको जोडीले टोखाका अमन महर्जन र नारायण श्रेष्ठको जोडीलाई २१।१८, २१।१२, दिपेन्द्र र रुपकको जोडीले बुटवलका प्रतिक अर्याल र एनआरएन दुवईका शाहिल चन्दको जोडीलाई २१।११, २१।८, नरेन्द्र र शिवको जोडीले सेनाका गोकुल जोरा र डेभिड थापा मगरको जोडीलाई २१।११, २१।१५ तथा सहरोज र सुरजको जोडीले कैलालीका योगश खड्का र देव राज रानाको जोडीलाई २३।२५, २१।१६, २१।११ ले पराजित गरेका हुन् ।

पुरुष युगल सी तर्फको खेलमा साईनोका संजय श्रेष्ठ र समिर थापा, टोखाका क्षितीज खनाल र अमन महर्जन, धादिङ्गका बिपिन घले र राम मल्ल ठकुरी, हरिसिद्धी ब्याडमिन्टन क्लबका पुस्पेन्द्र महर्जन र तुलसी राम महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगर, गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरी, सूर्यदर्शनका बाबुराम अर्याल र हिरा रोका मगर, स्पोर्टस् हवका बिशम राई र दिलिप राई, किर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्ट, भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवर, नुवाकोटका चन्दन घले र सुरज लामा, गाकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठ, साईनोका ओम लाल गुरुङ्ग र बुद्धिलाल नगरकोटी, टोखाका बुद्धि डङ्गोल र शोकराज डङ्गोल तथा सूर्यदर्शनका बिश्णु राना र टिका थापाको जोडी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै अर्को चरण प्रवेश गरेका छन् ।

पुरुष युगल बी तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र बिभेक शर्माको जोडी, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडी, भुपु सैनिकका सुरज गुप्ता र स्पोर्टस् हवका दिलिप राईको जोडी, भक्तपुरका नवराज सापकोटा र ईश्वर थापाको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र शिव मगरको जोडी तथा दीपक ब्याडमिन्टन एकेडेमीका राम आलेमगर र सूर्यदर्शनका अर्जुन तामाङ्गको जोडी पनि आआफ्नो प्रतिद्वन्दिलाई पन्छाउँदै अर्को चरणमा स्थान बनाउन सफल भए ।

ताजा समाचार

This will close in 10 seconds