पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भीमदत्त

कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगितामा दोधारा चादँनी नगरपालिका लाई हराउदै भीमदत्त नगरपालिका च्याम्पियन बनेको छ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर कप टि-२० क्रीकेट प्रतियोगिता सुरु भएको थियो भने फाइनल खेलमा भीमदत्त नगरपालिकाले दोधारा चादँनी नगरपालिका लाई ५६ रनले ले हराउदै दोस्रो चोटि पालिका स्तरीय कञ्चनपुर कप टि-२० क्रीकेट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।

फाइनल खेलमा टस जित्दै भीमदत्तले पहिलो ब्याटिङ रोजेको थियो। जसमा भीमदत्तले निर्धारित २० ओभरमा ८ को क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको हो। जसमा भीमदत्त टिमको लागि मिलन बोहराले ४१ बलमा ११ चौका ३ छक्काको मदतले ८५ रन आक्रमक पारी खेलेका थिए। किरन ठगुन्नाले ४१ बलमा १ चौकाको हान्दै २२ रन बनाएका हुन। दोधारा चादँनी नगरपालिकाको तर्फबाट महेश बिष्टले ४ ओभर ११ रन दिदै ३ विकेट ,प्रेम साउँदले ४ ओभर २३ रन ३ विकेट लिएका थिए भने गणेश बिटालुले ३ ओभर गर्दै ३७ रन १ विकेट लिएका हुन।

यसरी १ सय ४६ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको दोधारा चादँनी नगरपालिका १५.१ ओभरमा अल आउट हुँदै ८९ रन समेटिदै पराजित संगै लक्ष्य हासिल गर्न बाट चुकेको हो। दोधारा चादँनी टिमका लागि ब्याट्सम्यान आकाश बहेक क्षत्रीले ४१ बलमा ३ चौकाको मदतले २९ रन,बिनोद सुनारले १२ बल खेल्दै १ चौका ३ छक्काको मदतले २७ रन हान्दै टिमको लागि भने जित दिलाउन सकेनन् । भीमदत्तको तर्फबाट प्रकाश बिष्टले ४ ओभर एक मेडिल हाल्दै २१ रन दिदै ४ विकेट हात परेका हुन। भने अर्का बोलर हेमन्त धामिले ३ ओभर १६ रन २ विकेट , बिकास आग्री,सुरेश ठगुन्ना र युद्ध बिक्रम चन्दले समान एक-एक विकेट लिएका थिए । उक्त फाइनल खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिमका खेलाडी मिलन बोहरा घोषित भए।
प्रतियोगिताको उत्कृष्ट बलर शुक्लाफाँटा नगरपालिका खेलाडी कैलाश ऎर, उत्कृष्ट ब्याट्सम्यान मिलन बोहरा भीमदत्त ,उदयमान खेलाडी दोधारा चादँनीका महेश सिंह बिष्ट घोषित भए उनले समान ट्रफी प्रमाणपत्र र नगद पाँच -पाँच हजार हात पारे । यसरी प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी भीमदत्त टिमक टिम क्याप्टेन सन्तोष भट्ट बनेका छ। उनले ट्र्फी प्रमाणपत्र र नगद १० हजार हात पारेका छन् ।

प्रतियोगिताको च्याम्पियन हुने टिम भीमदत्त नगरपालिकाले नगद पुरस्कार १ लाख ट्रफी प्रमाणपत्र र मेडल हात पारेको छ भने उपविजेता दोधारा चादँनी नगरपालिका टिमले नगद ५० हजार मेडल प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगितामा कञ्चनपुरका ९ मध्य ७ वटा स्थानीय तहका टिमको सहभागिता रहेको थियो। जसमा बेलडाँडी गाउँपालिका,बेलौरी नगरपालिका ,कृष्णपुर नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,बेदकोट नगरपालिका ,भीमदत्त नगरपालिका र दोधारा चादँनी नगरपालिका रहेका छन् ।

समापन कार्यक्रमका सभापति नेपाल क्रीकेट संघ क्यानका सदस्य एवं क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द,प्रमुख अतिथि बेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्द रहनु भएको थियो। विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष दिपक राज चालीस ,अतिथमा जिल्ला खेलकुद बिकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपाल भट्ट ,संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी खेलाडिहरु को उपस्थिती रहुनुका साथै क्रीकेट संघ कञ्चनपुरका सदस्य विशाल सुनारले कार्यक्रम संचालन गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds