भीमदत्त नगरमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पत्रकार भण्डारीको संयोजकत्वमा सहजिकरण समिति

कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि बरिष्ठ पत्रकार खेम भण्डारीको संयोजकत्वमा तिन सदस्यीय सहजिकरण समिति गठन गरिएको छ । बुधबार भीमदत्त नगरपालिकाले सरोकारवाला पक्षसंग ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि आयोजना गरेको छलफल कार्यक्रमबाट पत्रकार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति गठन गरेको हो । सदस्यमा नागरिक समाजका तर्फबाट प्रभूनिधी पन्त, गैर सरकारी संस्थाका अध्यक्ष नरेश सिलाल रहेका छन ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सहजिकरण समितिलाई विवाद टुङ्गो लगाउँदै आयोजना अघि बढाउनुपर्नेमा सुझाव दिए । योजना कार्यान्वयमा सबैको सहयोग आवश्यक रहेको मेयर विष्टको आग्रह छ । कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधीले भीमदत्त नगरका जनताको भविष्यसंग जोडिएको विषयमा गम्भिर हुनुपर्ने जोडदिदै समयमै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा जोडदिएका छन ।
नागरिक समाजका अगुवा प्रभुनिधि पन्तले ठूलो योजना निर्माणका लागि गुणस्तरमा जनताले साथसर्मथन दिनुपर्ने बताए ।

भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष राजेन्द्र पाण्डेयले कानुनी हिसाबले मिल्छ भने सालघारीमा निर्माण गर्न तयार रहेको बताए । भीमदत्त नगरका ७का वडाध्यक्ष आयोजना बारे गाँउ गाँउ जनतामा लैजानुपर्ने बताए । भीमदत्त नगरका ३का वडाध्यक्ष राम जप्रेलले फोहोरमैला व्यवस्थापनमा जोडदिए । एडिबीका तर्फबाट कन्सलटेन्सी कम्मान सिह विष्टले भीमदत्त नगरपालिका ३, ७ र ८ वडाहरुमा टोल विकास संस्थामा आयोजना बारे जानकारी दिईरहेको बताए । उनले जनताको भविष्यसंग जोडिएको विषय भएकाले सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गर्नुपर्नेमा जोडदिए । जनता समाजवादी पार्टीका नेता अम्बादत्त तिवारीले ठूला पार्टीका कारण समस्या भएको बताए ।

नेपाली काँग्रसका नेता अफिलाज जोशीले जनताको सर्मथन आवश्यक रहेको औल्याए । नेकपा माओवादीका नेता देबेन्द्र ढुङ्गानाले सम्बन्धीत वडाका जनतामाँझ कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिए । नेकपा एमाले नेता ईश्वरी खरेलले विकासका अनावश्यक राजनीति गर्न नहुने बताए । सन २०७मा शुरु भएको आयोजना ०२२सम्म संचालन हुनेछ । विश्व बैंकको आर्थिक सहयोगमा सघन शहरी विकास आयोजना अन्र्तरगत भीमदत्त नगरपालिकामा कुल ४ अर्ब बजेट मध्ये एकिकृत आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ६०करोड बजेट रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds