आन्तरिक पर्यटन प्रर्बद्धनका लागि नाका शुचारुमा जोड

कञ्चनपुर
उद्योगी व्यवसायीले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि भारतसंग जोडिएका नाका शुचारुमा जोडदिएका छन । शनिबार महेन्दनगरमा पश्चिमाञ्चल होटल संघ पोखराले उद्योगी व्यवसायीसंग गरिएको छलफल कार्यक्रममा बन्द गरिएका भारतसंगका नाका शुचारुमा जोडदिएका हुन । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश प्रशाद भट्टले कोरोना नियन्त्रणका लागि गरिएको नाका खुलाउनुपर्नेमा जोडदिए । ‘हाम्रा उद्योगी व्यवसायी धरासायी बन्दैछन, ‘उनले भने, ‘अब आन्तरिक प्रर्यटनका लागि समेत खोल्नुपर्छ ।’

No description available.

कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष हेमराज जोशीले कोरोना नियन्त्रणमा आएपछि नाका संचालन हुन नसकेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आन्तरिक पर्यटन पुर्नउत्थान समितिका सुप प्रदेश सह संयोजक एव पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कोरोनाले पर्यटन व्यवसाय धरासायी बनेको बताए । उपाध्यक्ष भण्डारीले यथाशिघ्र नाका संचालन गर्नुपर्नेमा जोडदिए । उनले पोखरा–नेपालगञ्ज, महेन्द्रनगर, भारतका पर्यटकिय गन्तव्य जोडनुपर्ने बताए । ‘जंगल सफारीका लागि नेपालकै शुक्लाफाँटा निकुञ्ज उत्कृष्ठ छ, ‘उनले भने, ‘एक पटक सबैले निकुञ्ज सफारी गर्नुपर्छ ।’

No description available.

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एव गण्डकी प्रदेशका आन्तरिक पर्यटन पुर्नउत्थान समितिका सह संयोजक विकल तुलाचनले पोखरा नेपालगञ्ज फागुन ७ गतेदेखि सिधा हवाई सेवा विस्तार भएको बताए । उनले ‘जाउँ है पोखरा’ अभियान संचालन गरेर पर्यटकिय गन्तव्य पुनरउत्थान गरिरहेको बताए । कोरोना कहरबाट बन्द भएको ब्रम्हदेबको सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष बीर बहादुर खडकाले धार्मिक पर्यटनका लागि नाका शुचारुका जोडदिएका छन । भारतसंग जोडिएको ग्डाचौकी नाका शुचारु नहुँदा भारतीय पर्यटक नेपाल आउन समस्या भएको छ ।

ताजा समाचार

This will close in 10 seconds