फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर 

आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट सुविधा सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ को आयोजना गर्दै फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा दिने जानकारी दिएको हो । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख नारायण प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्ल रहेका थिए ।

अहिलेसम्म स्थानिय तहमा र घरेलुमा दर्ता गरेका तर राजस्वमा कर नतिरीरहेकालाई आन्तरिक राजश्वको दायरामा आउने लाई कर छुट गरिने आन्तरिक राजश्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नारायण प्रसाद रेग्मीले बताए । त्यसैगरी व्यपार व्यवसाय आफन्त तथा अन्य व्यक्तिको नाममा हस्तान्तरण गरेका, आन्तरिक कार्यालयबाट पान लिएका तर बिभिन्न कारणबस कर तिर्न नसकेका करदाता लाई पनि विशेष छुटको अवसर रहेको निमित्त प्रमुख रेग्मीले बताए । कार्यक्रममा सरोकारवाला व्यापार व्यावसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds