सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक रुपमा आम नागरिकको अवस्था धरासायी बनेको छ । कारोना भाईरसको संक्रमणले सामाजिक र मानसिक असर स्थानीयमा परेको छ । त्यसकालागि सामाजिक उत्थानका लागी मनोसामाजिक कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाउनु पर्ने आवश्यकता छ ।

सोही कुरालाई अध्ययन कञ्चनपुरको सामाजिक संस्था निड्स नेपालले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनामार्फर्त स्थानीयको स्वच्छता र व्यवहार परिर्वतन सम्बन्धी विभिन्न कार्यक्रहरु भईरहेका छन् । परियोजनाले विपन्न समुदाय र त्यसमा पनि आमाहरुलाई लक्षीत गरेको छ । आमा शिक्षीत र सचेत भएमा घर र समुदायलाई परिर्वतन गर्न सकिन्छ भन्ने अवधारणमा परियोजना केन्द्रीत छ । भिमदत्त नगरपालिकाका आठ वटा वडामा सञ्चालनमा रहेको कार्यक्रमले जनचेतना मुलक कार्यक्रमसँगसँगै विभिन्न स्वस्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । कार्यक्रमले महिला सशक्तीकरणलाई टेवा पुगेको छ ।

आमाका चमत्कारी हातहरु(एमएमएच) कार्यक्रम अन्र्तगत विभिन्न बस्तीमा एक सय वटा आमा गठन गरिएका छन् । एमएमएच कक्षामार्फत नियमित एक हजार बढी आमाहरुले व्यत्तिगत सरसफाई, लैगिङ्ग समानता लगायता विषयमा सिकाईन्छ । कार्यक्रमले महिलालाई सामाजिक कार्यमा अगाडी बढाउने र सशक्तीकरणमा जोड दिएको छ । भिमदत्त नगरपालिका–१० को श्रीलंका टोल नगरको दर्गम बस्तीको रुपमा चिनिन्छ । महाकाली नदीको तटिय क्षेत्रमा पर्ने यो बस्तीका स्थानीयको जनजीविका दैनिक ज्यालामददुरीमा निर्भर रहेकाले त्यहाँ स्थानीय सामाजिक कार्यमा सहभागिता न्युन रहन्छ । सधैँ जसो घरायसी कामकाजमा व्यक्त रहने स्थानीय कमला टमटालाई नियमित एमएमएच कक्षामा सहभागी हुन्छीन् । कक्षा सहभागी हुन थालेपछि भने उनी सरसफाईमा विशेष ध्यान दिन्छीन । आफु पनि सरसफाई गर्ने र घरमा केटाकेटीलाई पनि खाना खानुअघि हातधुन लगाउछिन् । ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’को ‘आमाका चमत्कारीक हातहरु’ कार्यक्रम अन्र्तगत उक्त कक्षा सञ्चालन हुदैँ आएका छन् ।

अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले सञ्चालन गरेको कार्यक्रममा दर्गम बस्तीका आमाहरुलाई विभिन्न समुह बनाएर सरसफाई र लैगिङ्ग समानताबारे प्रशिक्षण भईरहेको दिईन्छ । आमाका चत्कारिक हातहरु कार्यक्रममा टोल÷बस्तीका आमाहरुलाई बोलाएर नियमित व्यक्तिगत तथा सामुदायिक सरसफाई, लैगिंक विभेद लगायका विषमा जानकारी दिईन्छ् । स्थानीय कमला शार्कीले भनिन् आमाका चमत्कारीक हातहरु कार्यक्रम सहभागी भएपछि धेरै कुरा सिकेको छौँ, हाम्रो सरसफाईको व्यवहार परिर्वतन भएको छ ।’ अहिले विद्यालयबाट केटाकेटी आउँदा साबुनपानीले हात धोएर मात्रै खाना खान बोलाउने गरेको उनको भनाई छ ।

आमाका चमत्कारी हातहरु कार्यक्रमकी प्रवद्र्धक तथा शिक्षीका प्रिया शार्कीले कक्षा सञ्चालन भएपछि त्यहाँका आमाहरुको सामाजिक सशक्तीकरणको चेतना विकास भएको बताउँछिन् । ‘पहिले यहाँका आमाहरुले महिला सशक्तीकरण कार्यमा खासै चाँसो हुन्थेन् प्रर्वद्धक शार्कीले भनिन् कक्षा लिएपछि सबैमा चेतनाको स्तर वृद्धी भएको छ, महिलाले पनि घर बाहिरका कार्यहरुमा समान सहभागीता जनाउनु पर्छ भन्न मनोभावनाको विकास भएको छ ।’ त्यस्तै परियोजना सञचालन भएपछि सथानीयको व्यहारमा परिर्वतन आएको स्थानीय भीमदत्र नगरपालिका ९ खल्लाकी स्थानीय अगुवा अञ्जली देवी बोहराले बताईन् । उनका अुनसार परियोजना सञ्चालन भएपछि स्थानीयले सरसफाई र लैगिङ्ग समाजनताबारे सचेत हुन थालेका छन् । निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरिएको छ । हरेका घरका आमा शिक्षीत भएपछि मात्रै परिवार र सामुदाय शिक्षीत हुने बताउँदै परियोजनाका संयोजक रेग्मीले भने ‘आमाका चमत्कारी हातहरु कार्यक्रम अन्र्तगत दुर्गम बस्तीका एक सय समुहमा कक्षा सञ्चालन भईरहेको छ, जसबाट त्यहाँका आमाहरु सरसफाई र महिला सशक्तीकरणका लागि लैगिङ्ग समानताबारे पुर्ण रुपमा जानकार बन्दै गएका छन्,’ उनले भने । परियोजनले विपन्न सामुदायका आमाहरुलाई प्राथमिकतामा राखेका कार्यक्रम सञ्चालन गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds