मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर
लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन समितिले सरकारलाई धन्यवाद दिएको छ । मझगाँउ विमान स्थल पूर्नसंचालन समितिले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणले मझगाँउविमान स्थल स्तरोन्नतीका लागि सोमबार टेण्डर आब्हान गरेपछि स्थानीयका साथै समिति हर्षित भएका हुन ।

मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सह–संयोजक तिलक भट्टले जनताको संघर्ष मर्म भावनाको सरकारले सम्मान गरेको बताए । ‘सरकारले अहिले टेण्डर आब्हान गरेको छ, ‘उनले भने, ‘काम शुरुचारु हुनुपर्छ ।’ सह संयोजक भट्टले आफुहरु उपभोक्ता समितिमा बसेर कमिसन खान र टेण्डर हत्याउन नभई बन्द रहेको बिमान स्थल शुचारु गरेर जनताको पक्षमा काम गर्ने बताए । उनका अनुसार १ करोड २८ लाखको टेण्डर आब्हान गरिएको छ । ‘म एक रुपैया नलिएरै काम गरेको छु, ‘उनले भने, ‘अझैपनि काम गर्छु ।’

उनले स्थानीय, प्रदेश र सघीय जनप्रतिनिधीको सहयोगमा काम भएको बताए । विद्यार्थी नेता समेत रहेका मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सदस्य नरेन्द्र भाटले बिमानस्थल शुचारुका लागि सबै तहतप्काबाट भएको प्रयासले सरकारको ध्यानाकर्षण भएको बताए । ‘टेण्डर आब्हान हुँदा हामी हर्षित भएका छौँ, ‘उनले भने, ‘यो सबैको पहलमा भएको हो, अब नियमित काम हुनुपर्छ ।’

ताजा समाचार

This will close in 10 seconds