पुनर्वासमा चैत्र ५ देखि क्रीकेट प्रतियोगिता सञ्चालन हुने

पुनर्वास

कंचनपुरको पुनर्वास नगरपालिका–८ क गाउँमा प्रथम जनजागरण भ्यु पार्क क्रीकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बिहिबार बागिश्वरी माध्यमिक बिधालयको प्राङ्गणमा प्रगती युवा क्लबले पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै चैत्र ५ गतेदेखि प्रथम जनजागरण भ्यु पार्क क्रीकेट प्रतियोगिता सञ्चालन सम्बन्धि जानकारी गराएको हो ।

सो कार्यक्रममा जनजागरण बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण तामाङ, पुनर्वास नगरपालिका–८ का वडाध्यक्ष राना श्रवण, जनजागरण बनका जितबहादुर तामाङ लगायतका विभिन्न व्यक्तित्वहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागी हुने टिमलाई फागुन २२ गते देखि चैत्र ३ गते सम्म टिम दर्ता खुल्ला रहेको र प्रती टिम दर्ता शुल्क ३५ सय राखिएको क्लबका सचिब सुरेश सिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रममा जनजागरण बनका अध्यक्ष तामाङले जनजागरण भ्यु टावर र स्विमिङ पुलको निर्माण कार्य ३० प्रतिशत काम बाकी रहेको र त्यस भित्र जैविक पार्क, जैविक ल्याव, साँस्कृतिक संग्राहलय, बाल उधान, जंगल सफारी, करिडोर जस्ता गुरुयोजना रहेको बताए । उनले पुनर्वासकै गौरवको योजना निर्माण हुन लागेको भएपनी स्थानीय, प्रदेश र संघिय सरकार समक्ष सहयोगको माग गर्दा कुनै सहयोग प्राप्त नभएको बताए ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष रानाले खेल, अनुशाशीत र मर्यादित तरिकाले सञ्चालन हुनेछ भन्ने पुर्ण बिश्वास रहेको भन्दै वडाबाट पनि प्रतियोगिता सफलताको लागि आर्थिक सहयोग उपलब्ध गराउने बताए । बागिश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सुरुमा १५ ओभरको खेल हुनेछ भने सेमि फाईनल र फाईनल खेल २० ओभरको हुनेछ ।

स्थानीय पर्यटकीय स्थलको पहिचान, खेलाडीहरुको उच्च सम्मानू भन्ने मुल नारा सहित सुरु हुने प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रहेको छ।क्लबका अध्यक्ष लालप्रसाद घिमिरेको सभाध्यक्षमा भएको सो कार्यक्रममा प्रतियोगितामा भारत, कंचनपुर र कैलालीका टिमहरुको सहभागिता रहने आयोजक क्लबले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds