कञ्चनपुरको बेलौरीमा तस्कर र प्रहरीविच भिडन्त

एक प्रहरी सहित भारतीय तस्कर घाईते

कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा भारती तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कार्बाही स्वरुप गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन भएको बताए । ‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाए, ‘प्रंवक्ता थापाले भने, ‘जवाफी कार्बाहीमा एक भारतीय तस्करमाथि गोली लाग्यो, उनी घाईते भएका छन, बाँकी तस्कर फारार भएका छन ।’दोहोरो गोली हानाहानमा नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको प्रवक्ता थापाले बताए ।

‘हाम्रो प्रहरीको पनि एक जनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटना बारे थप बुझ्न आफै घटना स्थल जाँदैछु ।’ प्रहरीले घटना स्थलबाट प्रहरीले लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ । घाईते भएका भारतीय तस्करको उपचारकालागि ल्याउने तयारी भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds