ने.क.पाका प्रभावशाली युवा नेता वीर बहादुर थापा द्दारा क्लब र खेलाडीलाई सहयोग

अन्य ब्यक्तिबाट पनि क्लबलाई सहयोग जारी

यम प्रसाद आचार्य /पुनर्वास
कंचनपुरका प्रभावशाली युवा नेता तथा जिल्ला अध्यक्ष वीर बहादुर थापाले क्लब र खेलाडीलाई सहयोग गरेका छन । उनले कंचनपुरको पुनर्वास नगरपालिका २ को मोति अमर युवा क्लबलाई सहयोग गरेका हुन । शुरु देखि नै खेल प्रेमी थापाले मोति अमर युवा क्लबलाई नँया ड्रेस उपलब्ध गराएर सहयोग गरेका छन। थापाले भानु युवा क्लबले आयोजना गरेको भानु गोल्ड कपलाई मध्यनजर गर्दै खेलाडीहरुका लागि एक सेट ड्रेस कल्बका अध्यक्ष लाल बहादुर एसके र सचीव दिपक पनेरू लगाएतको क्लबको टिमलाई हस्तान्तरण गरेका छन ।
क्लबको स्थापना देखि नै ठूलो योगदान दिएर सहयोग पुर्याई रहेका थापाको यो सहयोग प्रत्येक बर्षको निरंतरता मात्र हो। ड्रेस हस्तान्तरण गर्नेक्रममा थापाले आफू पनि फुटबलको खेलाडी भएको स्मरण गर्दै आफ्नो बल्डमा पनि फुटबल कुदिरहेको र क्लब र खेलाडीलाई सहयोग गर्न जुन सुकै बेला पनि तयार रहेको बताए । कुनै बेला मोति अमर युवा क्लबका खेलाडीले चिनिने उनै थापा अहिले राजनीतिको कुशल खेलाडीका रुपमा चिनिएता पनि खेल प्रतिको उनको प्रेम भने घटेको देखिदैन । हिजो फुटबललाई मैदानमा कुशलता पुर्वक नचाएर गोल पोष्टमा प्रहार गर्दै दर्शकको मन जित्ने थापा सँग अहिले बल नभए पनि राजनीति र समाज सेवा छ। राजनीतिलाई राम्रो सँग विश्लेषण गर्न सक्ने र दुर दृष्टि राख्न सक्ने थापा कंचनपुरको राजनीतिमाजहिले पनि केन्द्रमा छन।
जसरी खेलमा खेलाडीको गतिशीलता महत्त्वपूर्ण हुन्छ त्यसरी नै उनी गतिशील र जोखिम मोल्न सक्ने राजनितिकर्मीका रुपमा चिनिन्छन। नेकपा दुई समुहमा बिभाजन भैसक्दा ओलि समुहमा खुलेका थापाले मिल्न सक्ने थुप्रै सम्भावना रहेको भन्दै सबैलाई संयमित हुन र गाली गलौजमा नउत्रिन अपिल गर्दै आएका छन। यसरी नै मोति अमर युवा क्लबलाई सहयोग जुट्ने क्रम भने निरन्तर जारी रहेको छ। यसै क्रममा हाल अमेरिका बस्दै आएका युवा मित्र गोपाल चौधरीले रु ५०००।-, प्रेरणा कन्स्ट्रक्सन डडेल्धुराका बासुदेब जोशी ले रु ५०००/- ललित बम धनगढीले रु १०००/- राजु भट्ट धनगढीले रु १०००/-, माता मनकामना आयुर्वेद धनगढी रु १०००/-, केशव राज रेग्मी पुनर्वास -५ ले रु ५००/- , पदम बिक्रम सिंह धनगढीले रु ३००/-, कल बहादुर सार्की पुनर्वास-२ ले रु १०५ सहयोग गरेको क्लबका सचीव दिपक पनेरूले बताएका छन।
साथै सचीव पनेरूले सबै मनकारी ब्यक्तिहरुलाई सहयोगको अपिल समेत गरेका छन। त्यस्तै क्लबका अध्यक्ष लाल बहादुर एस्के ले सहयोगदाता सबैलाई धन्यवाद दिदै क्लबले अब राम्रो खेल मैदान तयार गर्न लागेकाले यसमा सबैको सहयोग अपेक्षा गरेको बताएका छन । उनले खेल मैदान अब एक महिना भित्रै टुंगो लाग्ने र त्यसको मर्मत सुधारको लागि सबैको सहयोग आवश्यक भएको बताएका छन। सहयोग र नयाँ ब्यबस्थापन सँगै खेलाडी र खेल प्रेमी सबैमा उत्साह थपिएको अपेक्षा गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds