पुनर्वासमा भारतीय जंगली हात्ती प्रवेश , सुरक्षित रहन बन कार्यालयको अपिल

पुनर्वास

विगतमा झै यस वर्ष पनि कञ्चनपुरको पुनर्वासमा जंगली हात्तीको झुण्ड प्रवेश भएको छ । मंगलबार राती करिब ९ बजेतिर भारतीय दुधुवा नेश्नल पार्कबाट जंगली हात्तीको तीन झुण्ड नेपाल तर्फ प्रवेश भएको सब–डिभिजन बन कार्यालय कुण्डाका सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिए । सिमा पिल्लर नम्बर १७१ देखि १८४ को बिच भागबाट जंगली हात्ती पुनर्वासमा प्रवेश भएको हुँदा सचेत रहन सहायक बन अधिकृत यादवले सबै नगरबासीहरुमा अनुरोध गरेका छन् ।

सहायक बन अधिकृत यादवका अनुसार गौरीफण्टा रेन्जर पोष्ट र तिरथपुर चौकीबाट नेपालतर्फ हात्ती आएको सुचना प्राप्त भएपछि राती नै आफ्नो कार्यालय मातहतको टोली त्यस क्षेत्रमा परिचालन भएको बताए । केहि दिन अघि मात्रै हात्तीको आक्रमणबाट पुनर्वास–९ ख–गाँउकी एक महिलाको मृत्यु भएको हुँदा सुरक्षित रहि ज्यूँ धनको सुरक्षा गर्नहुन पुनर्वास नगरपालिका–९, १० र ११ का बासिन्दाहरुलाई उनले अपिल गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds