बिपन्न परिवारमा निड्स नेपालको प्रि–पेड कार्डले खुशियाली जगायो

दोधारा

आफुलाई निड्स नेपालले प्रि–पेड कार्ड प्रदान गरेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकरका माया देबी सुनार मख्खै छन् । घरमा खाद्यान्नको सधै अभाव रहदै आएको माया देबी सुनारको घरमा खाद्यान्न खरिद गर्न निड्स नेपालको आपतकालिन सहयोग कार्यक्रम अन्तर्गत कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई निड्स एमसिआईडी र प्रि–पेड कार्ड आफुले पाएपछि उनको परिवारमा निकै खुशी पलाएर आएको छ् । सधै ज्याला मजुरी गरि छाक टार्दै आएका मायाको परिवारलाई कोभिड १९ संक्रमणको कारण गुजारा चलाउन हम्मे हम्मे पर्दै आएका उनलाई निड्स नेपालको एमसिआईडी र प्रि–पेड कार्ड बरदाननै साबित भएको छ् ।

No description available.

‘भगवानले सहायता गरे’ खुशी हुदै उनि भन्छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको ओंमकार आधारभुत बिद्यालयमा संस्थाले राहत दिने थाहा पाएपछि सबै भन्दा पहिले लाईनमा बिहानै उनि उभिएका थिए । अरु संघ संस्थाले दिए जस्तै ५ किलो चामल र २ केजी दालको आशमा आएका माया देबी सुनारले प्रि–पेड कार्ड मार्फत ठुलो रकम बराबरको राहत पाएपछि ‘अक्क न बक्क भएको’ उनले बताएका छन् । ‘अब त हाम्रो परिवारमा महिनौ दिन सम्म खाद्यान्नको अभाव नहुने भयो’ खुशी अनुहारमा मायाले थपे । गरिब परिवारलाई खाद्यान्न खरिदमा यत्रो ठुलो रकम दिएकोमा निड्स नेपाल परिवारलाई उनले धन्यबाद दिएका छन् । उनि खुशी हुदै भने– ‘दातालाई भगवानले आर्शिवाद दिउन ।’ आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० का २ सय १६ घरधुरीलाई निड्स नेपालको कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई एमसिआईडी र प्रि–पेड कार्ड मार्फत प्रति घरधुरी रु. १० हजार बराबरको राहत बितरण गरेको हो । तोकिएको पसलबाट कार्डले खाद्यान्न, लत्ताकपडा तथा आवश्यक घरायसी सामग्री खरिद गर्न पाईने छ् ।

No description available.

सो कार्डबाट धुम्रपान तथा मध्यपान भने खरिद गर्न पाईने छैन् । कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि घरमा चुल्हो जलाउन समस्या परेको अवस्थामा उनिहरुलाई सहयोग गर्ने उद्धेश्यले त्यस्ता घरधुरीको पहिचान गरि प्रि–पेड कार्ड बितरण गरिएको निड्स नेपालका प्रतिनिधी ईश्वर उपाध्यायले जानकारी दिएका छन् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा कोभिड १९ बाट प्रभावित भएका घर छनौट गरि १ सय ७८ जनालाई एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरेको निड्स नेपालका प्रतिनिधी उपाध्यायले बताएका छन् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाको बैठकले कोभिड १९ बाट अति प्रभावित तथा गरिब वडाको छनौट गरेको हो । बैठकले वडा नं. १ र १० लाई छनौट पछि कार्यक्रम अघि बढाएको हो । ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले निडस् नेपालको ‘आपतकालिन सहयोग कार्यक्रम’ ले गरिब बस्तीमा खुशी जगाएको बताएका छन् । कोरोना भाईरसको कारण रोजगारी गुमाएर घरमा चुल्हा जलाउन समस्यमा पर्दै आएका स्थानियहरुलाई निड्स नेपालको एमसिआईडी र प्रि–पेड कार्ड बरदान साबित भएको उनको भनाई रहेको छ् ।

No description available.

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई निड्स एमसिआईडी र प्रि–पेड कार्ड बितरणको बिधिवतरुपमा ब्यानर बाचन गरि उद्धघाटन गरेका थिए । कार्यक्रममा दोधारा चाँदनीका नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशी लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्धघाट सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले निड्स नेपालको कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई निड्स एमसिआईडी र प्रि–पेड कार्ड बितरण कार्यक्रम निकै प्रशंसनिय रहेको बताएका छन् ।

बिगत दिनहरु देखि आफुहरुले दोधारा चाँदनीका सबै वडामा यो कार्यक्रम संचालन गर्नु पर्ने माँग राख्दै आएको बताउदै कोरोना संक्रमणको बेला सरकारले गरेको लकडाउन तथा त्रासद्धीको कारण रोजागरीको गुमाएर घर चलाउन समस्यामा परेको स्थानिहरुलाई लागी बरदाननै साबित भएको उनले बताएका छन् । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनीमा पहिलो चरणमा यो कार्यक्रम वडा नं. ३ र ४ मा संचालन गरेको जानकारी गराउदै दोस्रो चरण अन्तर्गत वडा नं. १ र १० छनौटमा परेको बताए । दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रकोरुपमा परिचित वडा नं. १० लाई यो कार्यक्रमले स्थानियहरुमा ठुलो सहयोग पु¥याउने नगर प्रमुख सुनारले बताउदै निड्स नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका र ब्यक्तीगत तर्फबाट धन्यबाद समेत दिएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds