सफल व्यवसायी बन्ने दौडमा पुनर्वासका नन्दराज


पुनर्वास

प्रायः हरेक मान्छेहरु आफुलाई आर्थिक रुपमा सम्पन्न बनाउन दिनरात विभिन्न कसरतमा हुन्छन् । त्यस्तै कसरतमा पुनर्वास–५ ग–गाँउ शर्मा ईट्टा उधोग टोलका नन्दराज गिरि छन् । उनी धन कमाउनकै लागि सानै उमेर देखि ठुलो कसरतमा छन् । तर अहिले सम्म पनि आफुलाई सफल व्यवसायी कसरी बनाउने भन्ने उनको दौड निरन्तर जारी छ । वि.सं. २०४७ साल पौष ४ गते बुवा महागिरी र आमा हरिकला गिरीको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मिएका थिए नन्दराज । १५ वर्षको सानै उमेरदेखि व्यवसायमा छिरेका नन्दराजलाई देशमा दखिएको बैदेशिक रोजगारीका लागि युवाशक्ति बाहिरिने रोगले छोयो ।

उनी प्रशस्त धन कमाउने सोचले दुबईको एक होटेलमा तीन वर्ष सम्म कुक काम गरे । त्यसपछि उनी अब स्वदेशमै केहि गर्नुपर्छ भन्ने सोच राखी नेपाल फर्किए । नेपाल फर्किएपछि उनले काठमाडौंमा रेडसी ओभर्सिस प्रा.लि. नामक मेनपावर सञ्चालन गरे र त्यहाँबाट थुप्रैलाई बैदेशिक रोजगारीमा पनि पठाए । बैदेशिक रोजगारिमा पठाउने क्रम चलिरहेकै बेला नेपाल सरकारले मेनपावर सञ्चालन गर्न तीन करोड धरौटी राख्नुपर्ने प्रावधान ल्यायो । त्यो प्रावधान ल्याएपछि नन्दराजसँग त्यत्रो धरौटी तिर्न सक्ने क्षमता थिएन , त्यसपश्चात उनले चार वर्ष सम्मको मेनपावरको यात्रा त्याग्नु प¥यो । मेनपावर सञ्चालनका लागि सरकारले ल्याएको नितिले असफल भएका नन्दराजलाई निकै समय “अब के गर्ने” भन्ने सोचले तनाब बनायो ।

उनी फेरी भौतारिँदै आफन्तहरुको सल्लाह लिन तिर लम्किए । त्यसपश्चात उनलाई आफन्तहरुबाट ढुवानी साधन किन्ने सल्लाह आयो । अनि नन्दराजले ट्रक किन्ने निधो गरे र तत्कालै बाह्र चक्के एउटा ट्रक खरिद गरि ल्याए । सुरुमा उनलाई ट्रक सञ्चालन सम्बन्धी कुनै पनि जानकारी थिएन तर बिस्तारै काम गर्दै जाँदा उनलाई ट्रकमा निकै मुनाफा गर्न सकिदो रहेछ भन्ने लाग्यो । र फेरी अर्को ट्रक किने । त्यस्तै गर्दागर्दै अहिले उनीसँग बाह्र चक्के तीन ओटा ट्रक पुगेका छन् । त्यै पनि अझै उनी सवारी थप्ने सोचमै छन् । यतिले उनलाई सन्तुष्टि पुगेको नभएपनि सफल व्यवसायी बन्ने दौडमा भने पक्कै छन् । पछिल्लो समय आफु व्यवसायी बनिरहँदा उनी बैदेशिक रोजगारीमा जाने युवाहरुलाई विदेशमा गरिने मिहिनेतले स्वदेशमा सुन फलाउन सकिने भन्दै स्वदेशमै केहि गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img