दोधरा
‘दोधारा चाँदनीको शान, स्वस्थ्य जिवन र खेलकुद हाम्रो अभियान’नाराको साथ दोधारा चाँदनीमा तेस्रो मेयर कप खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका स्तरिय तेस्रो मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको आयोजक संस्था दोधारा चाँदनी नगरपालिका नगर खेलकुद बिकास समितिले जनाएको छ् । बुधबार एक कार्यक्रमको बिच साबिकको चाँदनी गाबिसको खुला मैदानमा कार्यक्रमको बिधिवतरुपमा उद्धघाटन गरिएको हो । दोधारा चाँदनी नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक लोक बहादुर चन्दको सभापतित्वमा संचालन भएको तेस्रो मेयर कप खेलकुद प्रतियोगिता उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए भने, बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष तथा सुकुम्बासी समस्या आयोग कञ्चनपुरका बिज्ञ सदस्य किशोर कुमार लिम्बु रहेका थिए ।


यस्तै अतिथीमा जिल्ला समन्वय समिती कञ्चनपुरका सदस्य सिता भण्डारी, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधी, खेल प्रेमी तथा खेलाडीहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले ब्यानर बानचन गरि तेस्रो मेयर कप खेलकुद प्रतियोगिताको उद्धघाटन गरेका थिए । राष्ट्रलाइ एकतामा जोडन खेलकुदको महत्वपुर्ण भुमिका रहने हुदा खेलको विकासका लागि सबैले हातेमालो गर्नु आवश्यक रहेको दोधारा चाूदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । गाँउ गाँउमा लुकेर रहेका खेलाडीको पहिचान र खेलकुदको विकासका लागि दोधारा चाँदनीमा संचालन हुदै आएको खेलकुदले सफल हुने नगर प्रमुख सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका राष्ट्रिय खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा परिचय बनाउन सबैको सहयोगको खाँचो रहेको कार्यक्रममा औल्याएका छन् । यस्तै नगर उपप्रमुख चिनी ओझा गिरीले स्वस्थ्य जिवन र दोधारा चाँदनीको बिकासको लागी खेलकुदको बिकास अनिवार्य रहेको बताउदै नगर क्षेत्रमा खेलकुदको बिकासको लागी आफुहरु लागी परेको उनले बताएका छन् । नगर भित्र रहेका विभिन्न जाति समुदायका प्रतिभावान खेलाडीको प्रतिभा प्रदर्शन गर्ने खेलकुद प्रतियोगिता रहेको बताउदै पुरुष मात्र नभएर महिला खेलाडीको पनि उत्साहा जनक सहभागिता रहेकाले दोधारा चाँदनी नगरपालिका कार्यालयले संचालन गर्दै आएको प्रतियोगिता निकै उत्साहजनक रहेको समेत कार्यक्रममा बताईएको छ् ।


बुधबार सुभाराम्भ गरिएको तेस्रो मेयर कप खेलकुद प्रतियोगिता आउदो २६ गते सम्म सम्पन्न हुने आयोजक संस्था दोधारा चाँदनी नगरपालिका नगर खेलकुद बिकास समितिले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर खेलकुल बिकास समितिलाई संस्थागत गरि युवाहरुको माँगलाई पुरा गर्न दोधारा चाँदनी नगरपालिका कार्यालय कटिबद्ध रहनु पर्ने नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष तथा सुकुम्बासी समस्या आयोग कञ्चनपुरका बिज्ञ सदस्य किशोर कुमार लिम्बु बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा खेलकुदको बिकास कार्यमा अझै पछाडी पर्दै आएको बताउदै सबैले एक ढिक्का भएर खेलकुदबाट नगर क्षेत्रको पहिचान बनाउन लाग्नु अहिलेको आवश्यकता रहेको उनको भनाई रहेको छ् । प्रतियोगितामा महिला भलिवल, क्रिकेट र कबड्डी समाबेस गरिएको छ् । प्रतियोगितामा महिला भलिवलमा दोधारा चाूदनीका ४ टिम, क्रिकेट प्रतियोगितामा ११ टिम र कबड्डीमा ८ टिम सहभागी रहेको बताईएको छ् । दोधारा चाँदनीमा तेस्रो मेयर कप खेलकुद प्रतियोगिताको उद्धघाटन सत्रका संचालन भुवन बिहारी पन्तले गरेका थिए भने स्वागत मन्तब्य नगर खेलकुद बिकास समितिका सदस्य महेन्द्र सिंह बिष्टले गरेका थिए ।







