दोधारा चाँदनीमा कोभिड १९ रोग बिरुद्धको खोप अभियान सम्बन्धी अन्तरक्रिया

दोधारा
कोभिड १९ रोग बिरुद्धको खोप अभियान संचालनको औचित्य र प्रक्रिया सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रम दोधारा चाँदनीमा सम्पन्न भएको छ् । नेपाल सरकारले आउदो फागुन २३ खोप दिन तयारीमा जुटेको छ् । दोधारा चाँदनी नगरपालिका समेत आगामी २३ गते सबैको लागी कोभिड १९ रोग बिरुद्धको खोप अभियानमा जुटेको छ् । मंगलबार दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको एक सभा कक्षमा कोभिड १९ रोग बिरुद्धको खोप अभियान संचालनको औचित्य र प्रक्रिया सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा कार्यालयले जनाएको छ् । अन्तरक्रियामा कोभिड १९ रोगको बिरुद्ध खोपको औचित्य तथा प्रभावको बारेमा जानकारी गराईएको थियो ।

No description available.

बिश्वब्यापीरुपमा देखा परेको महामारीलाई नियन्त्रण गर्ने अझै सम्मको उपाय खोपनै भएको हुदा सबैले नछुटाई कोभिड–१९ रोग बिरुद्धको खोप अभियान सफल पारिदिन हुन दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा कार्यालयले अपिल गरेको छ् । दोस्रो चरणको कोरोना बिरुद्धको खोपमा ५५ वर्ष उमेरका सबै जेष्ठ नागरिक, १८ वर्ष उमेर माथीका दीर्घ रोगी, सामुदायिक तथा संस्थागत बिद्यालयका सबै शिक्षक तथा शिक्षीका तथा पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई खोप लगाईने कार्यक्रम रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । आउदो २३ गते संचालन हुने भनिएको कोभिड १९ रोग बिरुद्धको खोप अभियानमा दोधारा चाूदनीको २ स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ् ।

No description available.

प्राथमिक स्वास्थ्य केन्द्र दोधारा र चाँदनी स्वास्थ्य केन्द्र चाँदनीमा चिकित्सक सहित स्वास्थ्यकर्मीले खोप दिईने छ् । दोधारा चाूदनी नगरपालिकाको वडा नं. १ र १० वडाका स्थानियहरुलाई आउदो २३ गते, वडा नं. २ र ९ वडाबासीलाई २४ गते, वडा नं. ३ र ८ वडाबासीहरुलाई २५ गते, वडा नं. ५ र ६ वडाबासीहरुलाई २६ गते तथा खोप लगाउन छुटेकाहरुलाई २८ र २९ गते खोप लगाईने कार्यक्रम तय भएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । कोभिड १९ रोग बिरुद्धको खोप ( कोभिशील्ड भ्याक्सीन) लगाउदा स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर नपर्ने बताईएको छ् । खोप लगाउन आउदा नागरिकता वा मतदाता परिचय पत्र वा लाइसेन्स जस्ता परिचय पत्र बोकेर आफुलाई पायक पर्ने खोप केन्द्रमा आउन समेत सबैलाई आह्वान गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको अध्यक्षतामा संचालन गरिएको कोभिड १९ रोग बिरुद्धको खोप अभियान संचालनको औचित्य र प्रक्रिया सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, संघ–संस्थाका प्रतिनिधी, बिद्यालयका शिक्षक प्रतिनिधी तथा संचारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले गरेका थिए । कार्यक्रममा सहभागीले कोरोना बिरुद्धको खोपको बारेमा जिज्ञासा समेत प्रकट गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds