ओली सरकारले १९ दिनमा त के १९ बर्षमा पनि आरक्षपीडितको समस्या समाधान गर्दैनन : महतो

कञ्चनपुर

जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले ओली सरकारले १९ दिनमा त के १९ बर्षमा पनि आरक्षपीडितको समस्या समाधान गर्न नसक्ने बताएका छन । जनता समाजवादी पार्टी कञ्चनपुरद्वारा मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले ओली सरकारका वनमन्त्रीले आरक्षपीडिको विषयमा दिएको अभिव्यक्ति हाँस्यास्पद भएको टिप्पणी गरेका छन । पुर्वमन्त्री समेत रहेका महतोले ९फागुनमा वनमन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरका आरक्षपीडितको समस्या १९दिनमा समस्या समाधान गर्ने घोषणको विषयमा टिप्पणी गर्दै नेता महतोले १९ बर्षमा पनि वर्तमान सरकारले समस्या समाधान गर्न नसक्ने बताए ।

‘यो सरकार जनताप्रति जिम्मेबार छैन, ‘१९ बर्षमा आरक्षपीडितको समस्या यही सरकारले १९दिनमा त के १९ बर्षमा पनि समाधान गर्न सक्दैन ।’ ०५८सालमा काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला विस्थापित पीडितको अझैसम्म पनि पूर्नस्थापना भएको छैन । एक करोड जनता देश बाहिर रहेकाले यही हो, सम्बृद्ध नेपाल सुखी नेपाल भन्दै उनले प्रशन गरे । ‘कोरोना कहाँ गयो, सीमा अवरोध गरेर जनतालाई दुख दिईरहेको छ, ‘उनले भने, ‘तुरुन्तै सीमा खोल्नुपर्छ, जनतालाई धेरै दुख भयो ।’सत्तामा रहदा राष्ट्रियता एव सीमाको कुरो नगर्ने सत्ता बाहिर जाँदा खाक्र्रो राष्ट्रवादका कुरा गर्ने काँग्रेस कम्यूनिष्ट प्रवृति हावि भएको बताए । कुटनीति तरिकाबाट सीमा समस्या समाधान गर्न महतोले जोडदिनुृभयो ।

महतोले निर्मला हत्याकाण्डको विषयमा नालायक सरकारका कारण निर्मला काण्डपछि भागरथी काण्ड हुँदै देशमा काण्डै काण्डै मच्चिएको बताए । जसपा कञ्चनपुरका युवा नेता लोकराज भट्टले सोमबार महेन्द्रनगरमा विभिन्न राजनीतिक दल परित्याग गरेर जसपा प्रवेस गरेको बताए । आदिवासी जनजाति महासंघ कञ्चनपुरका नेता किर्ति बहादुर थापा(मगर) लगायतका दर्जनौँ नेता कार्यकर्ता एव युवाहरुले जसपा प्रवेस गरेका छन । ‘जसपा प्रवेस गर्नेहरुलाई नेता महतो सहितका नेताहरुले प्रवेस गरेका छन, ‘उनले भने, ‘जसपा कञ्चनपुर बलियो हुँदै गएको छ ।’

ताजा समाचार

This will close in 10 seconds