निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिमा क्षतिपूर्ती रकम

दोधारा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ । दोधारा चाँदनी नगरपालिका–८ अन्र्तगत देउरालीघाट महिला समुहकी ग्राहक सदस्य बिष्णा देबी बुढा मगरको निधन प्रति शोक प्रकट गर्दै नगद रु. ५८, हजार ५ यस र वडा नं. ८ देउरालीघाटकै महिला समुहकी सदस्य कमला देबी कुंवरको पति नंग बहादुर कुंवरकोे मृत्यु भएकोले काजक्रिया खर्च बापतको रकम नगद रु. १४ हजार एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

आज उनिहरुको घरमै एक कार्यक्रमको आयोजना गरि दोधारा चाँदनी नगरपालिका–८ का कार्यबाहक वडाअध्यक्ष थिर बहादुर खडका, वडा नं. ७ का वडाअध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रबन्धक जीत नारायण चौधरीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको बताईएको छ् । हस्तान्तरण कार्यक्रमा वडा नं. ८ का कार्यबाहक वडाअध्यक्ष थिर बहादुर खडकाले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए । बिगत लामो समय देखि दोधारा चाँदनी नगर क्षेत्रमा स्थानियहरुको जिवन स्तर उकास्न सफल हुदै आएको भन्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीलाई धन्यबाद दिएका थिए । यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बिमाको महत्व र यसबाट हुने फाइदा बारे जानकारी गराएका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तीय क्षेत्रमा पु¥याउदै आएको योगदान बारे वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले चर्चा गरेका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चा“दनीका शाखा प्रबन्धक जीत नारायण चौधरीले कोभिड–१९ महामारीको प्रतिकुल अवस्थाका कारण संस्थामा आबद्घ ग्राहकको व्यवसाय आंशिक रुपमा बन्द भई आर्थिक रुपमा समस्यामा परेका आफ्ना ग्राहक सदस्यहरुलाई मध्यनजर गदै व्यवसाय पुनस्र्थापना कर्जा समेत प्रवाह गरिरहेको बताएका छन् । आफ्ना ग्राहकलाई प्राकृतिक प्रकोप, दैवी प्रकोप, महामारीको कारण सदस्यको घर, जग्गा, उत्पादनशील सम्पति वा व्यवसाय असफल भएको अवस्थामा व्यवसाय पुनस्र्थापना गर्न थप कर्जा रकमको व्यवस्था गर्दा व्यवसाय पुनस्र्थापना भई सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर ग्राहक सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने उनले बताएका छन् । यसका साथै ऋणी सदस्यहरुलाई कोरोना संक्रमणका कारण रोजगारी गुमाएर आर्थिक समस्यामा रहदै आएको बिषम परिस्थितिमा व्यवसाय पुनस्र्थापना राहत/अनुदान समेत सहयोग प्रदान गर्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रबन्धक जीत नारायण चौधरी बताएका छन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा झण्डै तिन दशक देखि निरन्तर अगाडि बढिरहेको कार्यक्रममा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा शाखाले झण्डै २ हजार ५ सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका लेखापाल दुखीराम बुढाथोकीले बताएका छन् । हाल सम्म संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरेको छ् । आजको हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका–८ का कार्यबाहक वडाअध्यक्ष थिर बहादुर खडका, वडा नं. ७ का वडाअध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका शाखा प्रबन्धक जीत नारायण चौधरी लगाएत महिला समुहका सदस्य तथा स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका लेखापाल दुखीराम बुढाथोकीले गरेका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds