निर्धन उत्थान लघुवित्त वित्तिय संस्था दोधारा चाँदनीद्धारा बिमा क्षतिपूर्ती रकम हस्तान्तरण

दोधारा 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफनो संस्थामा आबद्ध सदस्यलाई काजक्रिया वापत रकम हस्तान्तरण गरेको छ् । शाखा कार्यालयले एक कार्यक्रम आयोजना गरि आफनो संस्थामा आबद्ध सदस्यलाई काजक्रिया वापत रकम हस्तान्तरण गरेको हो । कार्यक्रम मार्फत दोधारा चाँदनी नगरपालिका वडा नं. २ स्थित लाली गुरास महिला समुहकी सदस्य अनिता देवी भण्डारीका पति मोहन सिंह भण्डारीको निधन प्रति शोक ब्यक्त गर्दै रु. १० हजार प्रदान गरिएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

पिडामा रहेका आफ्नो सदस्यलाई केही राहात मिलोस भन्ने मनसायले संस्थाको निती तथा कार्यक्रम अनुसार उक्त रकम प्रदान गरिएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीका लेखापाल दुखीराम बुढाथोकीले जानकारी दिएका छन् । संस्थाले अनिता देवी भण्डारीको घरमै पुगेर काजक्रिया वापत उक्त रकम रकम हस्तान्तरण गरेको हो । काजक्रिया अन्र्तगत पाउनु पर्ने रकम मध्येबाट तत्कालै मृतकका दाजु प्रेम सिंह भण्डारीलाई हस्तान्तरण गरिएको बताईएको छ् । शाखा प्रमुख जीत नारायण चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आफना ग्राहक सदस्यलाई निरन्तर रुपमा प्राकृतिक प्रकोप, दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाई आर्थिक राहात सहयोग, सुत्केरी पोषण भत्ता, सदस्यका छोरा छोरीलाई छात्रवृति प्रदान गर्दै आईरहेको कुरा बताएका छन् ।

हस्तान्तरण कार्यक्रममा समुह सदस्य, स्थानियहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी रमेश बुढाथोकी र दिलसरा राना मगरले सयुंक्त रुपमा गरेका थिए । दोधारा चाँदनी क्षेत्रमा नेपालकै पहिलो तथा ठुलो लघुवित्त संस्थाले बिगत लामो समय देखि निरन्तर रुपमा यस क्षेत्रका बिपन्न वर्ग अन्र्तगतका महिला दिदी बहिनीहरुलाई समुहमा आबद्ध गराई वित्तिय तथा गैर वित्तिय सेवा दिदै बिपन्न परिवारका सदस्यहरुले बिनाधितो सामुहिक जमानीमा कर्जा लिएर सिपमुलक तथा ब्यवसायिक मुलक कार्य गरि दोधारा चाँदनी क्षेत्रका स्थानियले आफनो जीवन स्तरमा सुधार हुदै गएको बक्ताहरुले बताएका छन् । शाखाले निरन्तर रुपमा प्राकृतिक प्रकोप, दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाई र्आार्थक राहत सहयोग गर्दै आईरहेको छ् ।

ताजा समाचार

This will close in 10 seconds