०७८ साल कञ्चनपुरमा कृषि गणना हुने

कञ्चनपुर
आउँदो बर्ष ०७८सालमा कञ्चनपुरमा कृषि गणना हुने भएको छ । तथ्याङ्क कार्यालयले कञ्चनपुर जिल्लामा समेत राष्ट्रिय कृषि गणना गर्ने भएको छ । बिहीबार तथ्याङ्क कार्यालयले सातौँ राष्ट्रिय कृषि जनगणना बारे सरोकारवालासंग छलफल गर्दै राष्ट्रिय जनगणना लगत्तै कृषि गणना हुने जनाएको बताए । तथ्याङ्क कार्यालयले कञ्चनपुरका प्रमुख गोबिन्द प्रशाद न्यौपानेले अघिल्लो पटकको कृषि गणना भन्दा एक पटक केही सूचक थप भएको बताए ।

उनका अनुसार आउँदो बर्षमा ३ लाख २५ हजारदेखि ३ लाख ५० हजार किसानसंग अन्र्तरवार्ता, २५ लाख सूचिकरण, १० हजार वडामा गणना गरिनेछ । यस पटक महिलाका नाममा भएको कृषिजन्यभूमि, जलवायु परिर्वतन र कृषि बिमा, कोडिभका कारण परेको असर बारे अध्ययन गरिनेछ । कृषि गणनाबाट कृषि क्षेत्रको बृद्धि विकासका लागि नीति बनाउनेछ । जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख सानुमाया बुढथापाले किसानले सत्यतथ्य विवरण दिनुपर्नेमा जोडदिनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी हरिदत्त भट्टको सभापतित्वमा भएको कार्यक्तमको संचालन सुपरेवेक्षक निरज ओझाले गरेका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds