सुदूरपश्चिम विद्यालयमा खेलकुद सप्ताह सुभारम्भ

सुदूरपश्चिम विद्यालयमा खेलकुद सप्ताह सुभारम्भ भएको छ । आज सुदूर पश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पसको खेलमैदानमा एक विशेष उद्घटन कार्यक्रमको आयोजना गर्दै विद्यार्थी खेलकुद शाखाको आयोजनामा साता व्यापी खेलकुद सुभारम्भ भएको हो । उक्त खेलकुद सप्ताहमा आज उद्घाटन खेलमा एथलेटिक्स तर्फका एक सय मिटर छात्र÷छात्रा दौड, सट्पुट्,लङ्ग जम्प खेलहरु सम्पन्न भएका छन् ।

उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा.मुकून्दबल्लभ कलौनीले विश्व विद्यालयले खेलकुदको विकासका लागि लागी परेको र त्यसमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । डिन कलौनीले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि खेलकुद महत्वपूर्ण रहने उल्लेख गर्दै योगा तथा ध्यान क्रियामा लाग्ने विद्यार्थीहरुलाई सुझाव दिए । यस्तै,सुदूर पश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पसका सभापति दिपकचन्द्र भट्टले खेलाडी विद्यार्थीहरुको सर्वागीण विकासका लागी खेलकुद अपरिहार्य भएतापनि चुस्त व्यवस्थापनको खाँचो रहेको बताए । उनले खेलकुद कार्यक्रम गर्दा आवश्यक पूर्वतायारीमा सबै स्पष्ट हुनुपर्नेमा जोड दिए ।

खेलकुद कार्यक्रमका सभापति शंकर पुजाराले विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै खेलकुद शाखाले विगतदेखि कार्यक्रम आयोजना गर्दै आएको र यसमा सम्पूर्ण खेलाडी, विभाग लगायत सबै पक्षबाट सकारात्मक सहयोग भईरहेकोमा खुसी व्यक्त गरे । बजेट अभावका बाबजुद पनि कार्यक्रम गरिएको उल्लेख गर्दै हित शाखा प्रमुख पुजाराले विश्वविद्यालयले बजेट व्यवस्थापनमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उद्घाट सत्रको संचालन शिक्षा शास्त्रका लेखापाल विनोद जोशीले गरेको थिए । कार्यक्रममा विद्यार्थीहरु, प्राध्यापकहरु, खेल शिक्षक, कर्मचारीहरु लगायतका खेल प्रेमी शिक्षाप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सप्ताहको दोस्रो दिन भोली महिला भलिबल लगायतका खेलहरु हुने छन् । १६ गते समापन समारोहको आयोजना गर्दै खेलकुद सप्ताह सम्पन्न गर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । खेलकुद सप्ताहसँगै विद्यार्थीहरुमा पनि खृुसी देखिएतापनि कतिपय विभागले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने नगरेको, खेलाडीहरुको व्यवस्थापनमा ढीलासुस्ती गरेकोमा भने विद्यार्थीहरुले असुन्तुष्टि जाहेर गरेका छन् । यद्यपि, विभागसँग आन्तरिक श्रोतको कमीका कारण र विश्व विद्यालयको परिपत्र ढीला आईपुगेकाले अलि कमीकमजोरी देखिएको विभागीय प्रशासन पक्षको भनाई रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds