महाकालि नदिमा साहसिक जलयात्रा सुरु

महाकालि नदिमा कंचनपुरका तीन जना युवा उद्यमि गजेन्द्र बहादुर चन्द, करन पाल र सन्जय भट्ट (सरद)ले महाकाली र्याफ्टिङ एण्ड रिसोर्ट प्रा.ली का नामबाट कंचनपुरमा पहिलाे पटक याे ब्यावसाय सुरुवात गरेका हुन ।
जलयात्रा महाकालि नदिमा बन्नलागेकाे ४ लेनकाे नया पुल बाट दाेधारा चाँदनी जाेड्ने एसियाकै लामाे मानिने झाेलुङ्गे पुल सम्म यात्रा गर्न सकिने , ८ जनाको प्याकेजको रु चार हजार , ५ जनाकाे प्याकेजकाे तीन हजार लाग्ने र हाेटल बाट जलयात्रा स्थल सम्म ल्याउन पुर्याउन थप एक हजार शुल्क लाग्ने प्रालिका करन सिह पालले जनाउनु भयाे । महेन्द्रनगर बसपार्क नजिक रहेकाे अथिती हाेटल बाट बुकिङ गर्न सकिने प्रालि ले जनाएकाे छ ।
अाज एक कार्यक्रम बिच उधाेग बाणिज्य संघ कंचनपुरका अध्यक्ष जंग बहादुर मल्ल समेत स्थानिय पत्रकारहरु समेत काे सहभागितामा यात्रा सुरु गरिएकाे थियाे ।

ताजा समाचार

This will close in 10 seconds