पुनर्वासमा तस्करलाई मौका, सशस्त्र प्रहरीलाई चौका

पुनर्वास
भारतीय बजार बसहीबाट भन्सार छली गरी अवैध रुपमा ल्याउदै गरेको दुई क्विन्टल चिनि प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार पुनर्वासको सीमावर्ती क्षेत्रको अवैध नाकाबाट ल्याउदै गर्दा पुनर्वास-६ बराल चोकबाट अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.को प्रहरीले नियन्त्रणमा लिएको हो । चारओटा साईकलमा ल्याउदै गरेको अवस्थामा चिनी नियन्त्रण गरेको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु धामीले जानकारी दिए ।
नियन्त्रणमा लिएको दुई क्विन्टल चिनी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पठाएको तर साईकल भने एकपटकलाई छाडिएको उनले बताए । त्यो दिन देशभर नेकपा प्रचण्ड-नेपाल समूहको आमहडताल कायमै थियो । यता तस्करहरुले पनि आफ्नो दैनिकीलाई निरन्तरता दिदै सीमामा अबैध क्रियाकलापहरु चलाई नै रहेका थिए । पुनर्वासको नेपालभारत सीमामा सशस्त्र प्रहरी बल तैनाथ छ, तर पनि तस्करहरु दिनदहाडै तस्करी गर्न सफल भएको देखिन्छ । सीमाको गतिविधिमा सशस्त्र प्रहरी सकृय हुनुपर्छ भन्ने आम बुझाइ हो तर यहाँ यस्तो देखिदैन, झन् उल्टै तस्करसङ्ग मिलोमतो भएको आरोप खेप्नु परिरहेको छ। माथिको घटना त प्रतिनिधि घटना मात्रै हो ।
पुनर्वासको सीमावर्ती अवैध नाकाको प्रयोग गरी तस्करहरुले दैनिक लाखौंको चोरी पैठारी गर्नेगरेको प्रत्यक्षदर्शीहरुले बताउदै आएका छन् । तर सीमामा तैनाथ सुरक्षा निकायको कदम भने हास्यास्पद भएको बेला बेलामा टिका टिप्पणी उठ्दैआएको छ । सशस्त्र प्रहरीको यस्तै हास्यास्पद कदमले “तस्करलाई मौका, सशस्त्र प्रहरीलाई चौका” भन्ने उक्ति यतिखेर पुनर्वासमा निक्कै चर्चामा चुलिएको छ ।

ताजा समाचार

This will close in 10 seconds