साईन नेपालद्वारा बेदकोटका १ सय पचास जनालाई निःशुल्क कम्बल

बेदकोट

धनगढी स्थित मानवीय सेवामा अनेंकौ प्रयास (साईन नेपाल) नामक संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका–६ अन्तर्गतका जेष्ठ नागरिक, एकल महिला, बृद्ध र असहायहरुलाई निःशुल्क कम्बल बितरण गरेको छ । शुक्रबार नगर प्रमुख अशोक चन्दको प्रमुख आतिथ्यमा न्यानो वितरण कार्यक्रमको आयोजना गर्दै साईन नेपालले वडाका १ सय पचास जना जेष्ठ नागरिक, एकल महिला, बृद्ध, अपाङ्गता र असहायहरुलाई कम्बल बितरण गरेको हो ।

केहि दिन देखि निरन्तर चिसो बढ्दै गएपछि समस्यामा रहेका वर्गहरुलाइ संस्थाले न्यानो लुगा वितरणको कार्यक्रम सञ्चालन गरिरहेकोे संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । त्यस्तै संस्थाले यसै वर्ष सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुका धेरै पालिकाहरुमा पनि बेसहारा वर्गहरुलाई कम्बल वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख चन्दले साईन नेपाल संस्थाले नगरपालिकालाई विगतका वर्षहरु देखि निकै ठुलो राहत प्रदान गरि सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि नगरपालिका प्रति संस्थाकोे माया र झुकाव यस्तै रहिरहने विश्वास रहेको भन्दै संस्थाका अध्यक्षलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो । सो संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका,कैलालीका तीन पालिका ,डोटीका चार पालिका ,अछामको एक पालिका ,बाजुराका दुई पालिका र डडेल्धुराको एक पालिका गरि १६ पालिकाहरुमा आफ्ना विभिन्न राहतका कार्यक्रमहरु गर्दै आएको छ ।

ताजा समाचार

This will close in 10 seconds