बैतडी
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विद्यार्थी भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी छ्न । बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको छ र उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
शुदुरपश्चिममा क्रियासिल बिध्यार्थि संगठनहरुले अाज शुक्रवार एक बिज्ञप्ति जारि गर्दै यो घटना बाट हामी सबै स्तब्ध भएका छाैै घटनाकाे सत्यतथ्य छानबिन गरि सारा मानबिय मुल्यमान्यता माथि चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि संबंधित निकायको सङ्ग जोडदार माग गर्दछाै भनेका छन । बैतडि प्रहरिले प्रहरी उपरिक्षक समेत घटना स्थलमा गई अनुसन्धान सुरु गरेकाे र अनुसन्धान सहयाेगका लागि तालिम प्राप्त कुकुरकाे समेत सहयाेेेग लिन धनगढि बाट कुकुर मगाएकाे बताएका छन ।