प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ भब्यताका साथ सम्पन्न

उपाधी आयोजक महेन्द्रनगर युनाइटेड निलोको पोल्टोमा

कञ्चनपुर 

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ भब्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिता फाइनलको उपाधि आयोजक महेन्द्रनगर युनाइटेड निलोको पोल्टोमा परेको छ ।

बुधबार भएको फाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाका बिच भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो आफको ३६ औं मिनेटमा डिबक्स भित्र पिएफएको डिफेन्स द्धारा गरिएको फल लाई महेन्द्रनगर युनाइटेडले पाएको पेनाल्टीमा युनाइटेडका टिम क्याप्टेन जर्सी नम्बर १४ का टेकेन्द्र थापाले आफ्नो टिमको लागि एक गोल गर्दै अग्रता दिलाएका थिए। अग्रता लाई टिकाउन नसक्दा दोस्रो हाफको ७१ औं मिनेटमा पिएफएका अत्तरीयाका जर्सी नम्बर ३ का सन्तोष कार्कीले आफ्नो टिमको लागि गोल गर्दै १-१ को बराबरीमा पुगाएका थिए।

निर्धारित समयमा १-१ को बराबरी हुँदै इन्जुरी समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरी संगै ट्राइबेगरमा पुगेको हो। ट्राइबेगरमा पनि ४-४ को बराबरी संगै सडनदेथमा महेन्द्रनगर युनाइटेड निलोले प्रतियोगिताको च्याम्पियन बनेको छ। प्रतियोगिताको च्याम्पियन टिमले नगद एक लाख ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ भने उपविजेता टिम पिएफए अत्तरीयाले ५० हजार ट्रफी प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक ,रक्षक र उत्कृष्ट गोलकर्ता क्रमश आकाश बुढा,किरन रावत र टेकेन्द्र थापा घोषित भएका छन । प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट इमेजिङ खेलाडी महेन्द्रनगर युनाइटेडका सुनिल धामी र कुशल देउबा घोषित संगै प्रतियोगिताको उत्कृष्ट मध्यपंक्तिका खेलाडी पिएफए अत्तरीयाका कृष्ण तामाङले उपाधी हात पारेका छन् । फाइनल खेलाका म्यान अफ द म्याच को पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ द्धारा नगद पाँच घोषणा गरेका थिए जसमा महेन्द्रनगर युनाइटेड निलोका गोलरक्षक आकाश बुढाले उक्त पुरस्कार हात पारेका छन् ।

खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को समापन कार्यक्रमका सभापति महेन्द्रनगर युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द ,प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख राम कुमार महतो रहनु भएको थियो भने विशिष्ट अतिथिमा ओलम्पियन तथा बोक्सिङ प्रशिक्षक डम्बर दत्त भट्ट , समाजसेवी कञ्चनपुर हेण्डबल संघका निवर्तमान अध्यक्ष एवं समाजसेवी खगेश्वर के.सि ,नेपाल बेडमेन्टिन संघका केन्द्रिय उपाध्यक्ष गोबिन्द स्वार, अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव भीमबहादुर थापा र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द रहनु भएका थिए। भने कार्यक्रम संचालन नवीन धामिले गर्नु भएको थियो।

प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको थियो। टिमलाई चार समुहमा चार/चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds