प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ को आज समापन

उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीया भिड्ने

कञ्चनपुर,
महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ अन्तर्गत आज उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीया भिड्नेछन् ।

टिम महेन्द्रनगर युनाइटेड निलो
पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीया बिच भएको प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथा लाई २-१ गोलको अन्तरले हराउदै आफ्नो फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलको खेल एमसिडिसी बेदकोट नगरपालिका वडा न.५ र पिएफए अत्तरीयाका बिचको रोमाञ्चक खेलमा पिएफए अत्तरीयाले एमसिडिसी धरमपुर लाई ४-१ गोलले हराउदै प्रतियोगिताको फाइनल पुग्ने दोस्रो टिम रहेको थियो।

टिम पिएफए अत्तरीया
आज बुधबार प्रथम युनाइटेड खुल्ला आमन्त्रण कप-२०७७ को उपाधिका लागि आज दिउँसो १ बजे महेन्द्रनगरको खुलामञ्चमा महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीया फाइनल भिड्ने प्रतियोगिता संयोजक महेन्द्र चन्दले जानकारी दिएका छन् । उनका अनुसार सेमिफाइनल र फाइनल खेलका लाई म्यान अफ द म्याच पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ द्धारा नगद पाँच -पाँच हजार दिने घोषणा गर्नु भएको छ।
खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी द्धारा गरिएको थियो।
प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको र प्रतियोगिता आज माघ २१ गते फाइनल संगै प्रतियोगिताको समापन हुने छ। प्रतियोगिता च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले बताएको छ।

ताजा समाचार

This will close in 10 seconds