भुमि समस्या समाधान अायाेगले पुर्जाका लागि निबेदन माग


कंचनपुर

भूमि सम्बन्धि समस्या समाधान अायाेगले भूमिहिन दलित , भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसाेवासीले अाफुले बसाेवास वा अावाद कमाेद गरेकाे जग्गाकाे जग्गाधनी पूर्जा पाउनका लागि अायाेगले ताेकेकाे ढाँचा बमाेजिम निवेदन फाराम भरी सुचना प्रकासित भएकाे मितिले ३५ दिन भित्र स्थानिय तह मार्फत घरदैलाेमा खटिएका लगत सँकलक वा सम्बन्धित वार्ड कार्यालयमा बुझाउनु पर्ने ब्यहाेराकाे सुचना प्रकासित गरेकाे छ । प्रथम पटक देशैभरिका ३० अाेटा स्थानिय तह काे लागि सुचना निकालेकाे छ ।

कंचनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका , बेलडाडि गाउपालिका , लालझाडि गाउपालिका, शुक्लफाटा नगरपालिका , बेतकाेट नगपालिका काे लागि पनि सुचना जारि भएकाे छ ।
कंचनपुरका अधिकाँस ठाउकाे जग्गाधनि प्रमाण पुर्जा नहुदा कतिपय ठाउमा बन क्षेत्र परेकाे ले समस्या थियाे भने कतै एेलानिले गर्दा खरिद बिक्रि गर्दा समस्या हुनुका साथै बैङ्किङ गरेर अाथिक काराेबार गर्न समेत समस्या हुने विभिन्न समस्या ले मानिस पिडित रहेका छन । बेला बेलाकाे चुनावमा चुनाबि एेजेण्डा समेत बन्ने गरेकाे थियाे । यश पटक कंचनपुर क्षेत्र न २ प्रतिनिधि सभा सदस्य नर बहादुर धामिले याे बिषय संसदमा उठाएका थिए ।

सरकारले यश पटक अायाेग खाेलेर विभिन्न चरणमा काम सुरु गरेकाे छ । अाज बिगठित प्रतिनिधि सभा सदस्य नर बहादुर धामिले सामाजिक संजाल मार्फत याे बिषय जानकारी गराउन पाउँदा अत्यन्तै हर्षानुभुति र खुशी लागेकाे छ । बर्षाैकाे पीडाबाट मुक्तिकाे सास फेर्न अातुर सम्पूर्ण जनसमुदायहरुलाई यस सुखद क्षेणमा हृदयकाे गहिराई देखि उच्च सम्मानका साथ हार्दिक बधाई दिन चाहान्छु भनेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img