हाेटल ब्यासायिद्वारा सिमा खुलाउन माग

गत बर्षकाे चैत १० गते बाट गड्डाचाैकि नाका सिल रहेकाेमा अाज सम्म पनि नखुल्दा कंचनपुरका हाेटल समेतका व्यापार ब्यावसाय प्रतक्ष प्रभाबित रहेका छन ।यसै सन्दर्भमा जाेडेर हाेटल ब्यावसाय समिति कंचनपुले अाज जिल्ला प्रशासन कंचनपुलाइ ज्ञापन पत्र दिएकाे छ । गत बर्षकाे माघ महिनामा काेभिड १९ भाइरस देखा परेपछि क्रमश विश्व प्रभाबित हुँदै गएकाे बेला दक्षिण एसियालि मुलुक समेत नेपाल पनि अछुताे रहन सकेन ।

नेपालमा पसल , हाेटल, यातायात , हवाइ यातायात , हाेटल , स्कुल कलेज लगायतका सबै क्षेत्र बिस्तारै खुलि सक्दा र अहिले काेभिड बिरुद्दकाे खाेप भारत र नेपालले समेत लगाउन सुरु गरि सक्दा पनि सिमा नाका अहिले सम्म नखुल्दा हाेटल र यातायात क्षेत्रले पर्यटक नहुदा ग्राहक पाउन सकेका छैनन । यसरी ब्यावसाय बाट कतिपय ब्यावसायि पलायन भएका छन भने कतिपय पलायन हुने अवस्थामा रहेका छन ।

यस्ताे कठिन अवस्था चलिरहदा स्वास्थ्य मापदण्ड अपनाइ सिमा नाका खुलेमा नेपाल भारत प्रतक्ष व्यापार ब्यावसायका लागि अाेहर दाेहर गर्ने र एक अर्काे देशका पर्यटक समेत अाउजाउ गर्ने हुदा केही मात्रामा भएपनि हाेटल ब्यासायि लाई राहत हुन सक्ने देखिन्छ । यस्ताे अवस्थालाइ बिचार गर्दै कंचनपुर हाेटल ब्यावसायि समिति अध्यक्ष जगदिश चन्द्र भट्ट र महासचिव रामचन्द्र रेग्मिले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका हुन ।

ताजा समाचार

This will close in 10 seconds