बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ

          बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए।

गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत ,वडा नम्बर ३ का वडा अध्यक्ष बिकास एेडि ,साेडि वडाका स्थानिय प्रकाश एेडि लगायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ।
हत्याकाे बिराेधमा तरुण दल कंचनपुरले पनि हत्याकाे निश्पक्ष छानबिन र दाेसि माथि कार्वाहि हुनुपर्ने अन्यथा अान्दोलनमा उत्रिन बाध्य हुने भनी जिल्ला अध्यक्ष महेश चन्दले बिज्ञप्ति जारि गरेका छन ।

 

ताजा समाचार

This will close in 10 seconds