प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर
प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने भएको छ । मंगलबार नेकपा कञ्चनपुरको बैठकले प्रतिगमन बिरुद्ध धनगढीमा आउँदो शनिबार गरिने बिरोध प्रर्दशनमा जिल्लाउल्लेख्य सहभागिता गराउने नेकपा कञ्चनपुरले जनाएको छ । नेकपा कञ्चनपुरका नेता देबेन्द्र ढुङगाले प्रतिगमन बिरुद्ध र संविधानको रक्षाका लागि कञ्चनपुरबाट हजारौँ नागरिकको सहभागिता गराउने बताए । ‘सबै पालिकाबाट प्रतिगमन बिरुद्ध जनता कार्यक्रममा स्वत जान्छन, ‘नेता ढुङगनाले भने, ‘त्यही ववस्थापनका लागि हामी जुटेका छौँ ।’

बैठकले धनगढीमा हुने बिरोध सभा प्रभावकारी बनाउनका लागि नेकपा कञ्चनपुरका सचिव तारालामा तामाङ्गको संयोजकत्वमा मास परिचालन समिति गठन गरिएको छ । युवा नेता रामचन्द्र रेग्मीको उप सयोजकत्वमा स्वयमसेवक परिचालन समिति, अर्का नेता देबेन्द्र ढुङगानाको संयोजकत्वमा प्रचारप्रसार उप समिति, नेकपा कञ्चनपुरका युवा नेता राजेन्द्र पाण्डे संयोजकत्वमा यातायात र अर्का नेकपा नेता मोहन रावलको संयोजकत्वमा आर्थिक उप समिति बनाईएको छ ।

सबै नेता, कार्यकर्ता पङक्तिको उल्लेख्य सहभागिता हुने बताईएको छ । ओलीतर्फ गएका सबैको ठाँउमा अन्य नेताहरुलाई जिम्मेबारी दिईने समेत जनाएको छ । नेकपा कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गको अध्यक्षतामा भएको बैठकमा नेकपा सुदूरपश्चिम प्रदेशमा अध्यक्ष भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए, भने केन्द्रीय सदस्य एव पुर्व खानेपानीमन्त्री बिना मगर, बिक्रम शाही लगायतको नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds