जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर

शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्वीटर वितरण गरेको हो ।

उदय माध्यामिक विद्यालयका अध्यक्ष अर्जुन साउदले कक्षा १ देखि कक्षा १० सम्म अध्यनरत ३८ जना अनाथ बालबालिका बिद्यार्थीलाई सहकारीले निशुल्क स्वीटर बितरण गरेको बताए । शिखरदिप बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण बहादुर हमाल, कृष्णपुर नगरपालिका वडा न.२ का अध्यक्ष जयनारायण जोशी, सहकारीका सचिव दिपेन्द्र जोशी सहित सहभागि थिए । सहकारीले विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरेपछि विद्यार्थी हर्षित भएका छन ।

ताजा समाचार

This will close in 10 seconds