युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा एमसिडिसीको विजय सुरुवात

दोस्रो दिनको पहिलो खेल दोधारा चादनी र रोयल गोर्खा,पिएफए अत्तरीया र महेन्द्रनगर युनाइटेड रेड भिड्ने

  • 115
    Shares

कञ्चनपुर ,

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता पहिलो दिनको उद्घाटन खेलमा एमसिडिसी धरमपुरले विजय सुरुवात गरेको छ ।सोमबार भएको उद्घाटन खेलमा एमसिडिसी धरमपुर र एमएपी महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५-२ गोलको अन्तरले एमएसपी महेन्द्रनगरलाई पाखा लगाउदै आफ्नो पहिलो जित निकालेको हो ।

उक्त खेलमा एमसिडिसी धरमपुरका तर्फबाट जर्सी नम्बर ८र ४४ का कमल पातली र हरिश बिकले एक-एक गोल गरेका हुन। यसरि जर्सी नम्बर १० का ज्ञानी जोशिले व्यक्तिगत ३ गोल गर्दै ह्याट्रिकतर गरे ।एम एस पि महेन्द्रनगरको तर्फबाट जर्सी नम्बर २३ र १५ का राकेश गुरुङ ,ललित जैशिले टिमको लागि सान्त्वना एक(एक गोल गरेता पनि जित दिलाउन भने सकेनन् ।
खेलकुद क्षेत्रलाई उजागर गर्नका लागि र फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनाम सोमबारदेखि महेन्द्रनगरको खुल्लामञ्चमा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सबै भन्दा ठुलो धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए ।कार्यक्रममा सभापती युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द ,प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी ,विशिष्टमा अखिल नेपाल फुटबल संघका सहायक महासचिव भीमबहादुर थापा, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ ,कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, पुर्व कबडी प्रमुख प्रशिक्षक तारा सिंह भाट र कञ्चनपुर जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहनु भएको थियो।यसरी अतिथिमा प्रशिक्षक प्रमुख जिल्ला खेलकुदका प्रशिक्षक प्रमुख बिमल खडायत,एन्फा प्रशिक्षक एव कञ्चनपुर जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष पुष्कर शाही , राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदीश प्रसाद भट्ट ,कञ्चनपुर जिल्ला फुटबल प्रशिक्षक टेक चटौत,कबडी प्रशिक्षक बिष्णु दत्त भट्ट ,पुर्व कबड्डी अन्तर्राष्ट्रिय खेलाडी लक्षिधन अधिकारी ,होटल व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष केशव सिंह जोरा र कञ्चनपुर सुनचादी व्यवसायी संघका अध्यक्ष एवं कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य उमेश सुनुवार लगायत खेलकुद प्रेमी लगायत पत्रकारहरु को उपस्थिति रहेको थियो। स्वागत मन्तव्य प्रतियोगिता संयोजक महेन्द्र चन्दले राख्नु भएको थियो भने कार्यक्रम संचालन कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य धन बहादुर महताले गर्नु भएको थियो।प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाईने छन् । प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले बताएका छन् । उनका अनुसार मंगलबार दोस्रो दिनको पहिलो खेल दोधारा चादनी र रोयल गोर्खा बिच १२ बजे हुने छ भने पिएफए अत्तरीया र महेन्द्रनगर युनाइटेड दोस्रो खेल दिउँसो १ः३० मा हुने छ।
  • 115
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो...

लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र...

फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर  आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७...

सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक...

मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन...