आरक्षपीडित बस्तीमा हात्ती आतङ्क, दर्जनौँ टहरा भत्काईदियो, पीडितको विचल्ली

  • 17
    Shares

कञ्चनपुर

सरकारले समेत पीडा नबुझिदिएको आरक्षपीडित बस्तीमा जंगल जनावर हात्तीको बथानले समेत आतङ्क मच्चाएको छ । विस्थापित भएको दुई दशकवितिसक्दा पनि पूर्नस्थापनाको पर्खामा रहेका पीडितको बस्तीमा गयराती जंगली हात्तीको बथानले आतङ्क मच्चाएको छ । लालझाडी वन क्षेत्रबाट आएको हात्तीको बथानले रतन भारती, पदम भारती, शिवराज भारती, जग खत्री लगायतका दर्जनौँ पीडित बस्ने टहरा भत्काईदिएको छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले गयराती बस्तीमा पसेको हात्तीको बथानले पीडित बस्तीमा आतङ्क मच्चाएको बताए । उनका अनुसार हात्तीले टहरा भत्काउनुका साथै धनजन खाद्यान्न समेत नष्ट गरिदिएको छ । ‘सरकारबाट हामी पीडित त थियौँ नै, ‘अध्यक्ष भण्डारीले भने, ‘जंगली जनावरबाट समेत पीडित भएका छौँ ।’

हात्तीले बस्ने टहरा नै भत्काईदिएछि पीडितको विचल्ली भएको अध्यक्ष भण्डारीले बताए । ‘बस्ने घर भत्कायो, यो शितलहरमा पीडितलाई पीडामाथि झन पीडा थपिदिएको छ, एकाघर घर भत्कायो, अर्कातिर राशन खाईदियो ।’ झण्डै दुई दशक अघि तत्तकालिन (शुक्लाफाँटा बन्यजन्तु आरक्ष) निकुञ्ज विस्तारका क्रममा विस्थापित गराईएका नागरिकको अझै पुर्नस्थापना गरिएको छैन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका आरक्षपीडितको अझैपनि पुर्नस्थापना भएको छैन । विस्थापित आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरुले विभिन्न सावजजिक जमिन, नदीखोला नाला एव जंगल क्षेत्रमा बसेका छन । देउवा त्यसयता तीन पटक प्रधानमन्त्री भईसके तर उनलाई आरक्षपीडितको पुर्नस्थापनका लागि कुनै मतलब नै छैन । विस्तापित भएदेखि यता तीन पटक निर्वाचन पनि भईसक्यो, अब चौथो पटकको निर्वाचनको तयारी पनि छ, तर पीडितको समस्या भने ज्यूँका त्यूँ छ । पीडितका नाममा कयैन आयोग बनिसक्दा पनि पीडितको समस्या भने उस्तै रहेको छ ।

  • 17
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो...

लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र...

फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर  आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७...

सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक...

मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन...