बेलौरीका काँग्रेसको अगुवा कार्यकर्ता भेटभाट कार्यक्रम जसरी भएपनि लोकतन्त्र बचाउनका लागि संसद पूर्नस्थापनामा जोड

बेलौरी

कञ्चनपुरको बैलौरी नगरपालिकामा नेपाली काँग्रेसको अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । आइतबार बेलौरीका नेपाली काँग्रेस क्षेत्र नम्बर १को आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । कार्यक्रममा काँग्रेस जिल्लादेखि केन्द्रीय स्तरका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको घोर बिरोध गर्दै जसरी भएपनि लोकतन्त्र बचाउनका लागि संसद पूर्नस्थापनामा जोड दिएको नेपाली काँग्रेस कञ्चनपुरका सहसचिव पुष्कल चौधरीले बताए । सह सचिव चौधरीका अनुसार कार्यक्रमका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बिरोध गरेका थिए ।

काँग्रेस नेता कोईरालाले तत्तकालिन काँग्रेस सभापति स्व.शुशिल कोईराला नेतृत्वको बनेको संविधानलाई ओलीले हत्या गरेको बताए । कोईरालाले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदम र संसद पूर्नस्थापनकाका लागि काँग्रेसले आन्दोलनमा जोडदिएका थिए । नेपाली काँग्रेसका नेता एव संविधान सभा सदस्य दिवान सिह विष्टले संविधानको रक्षा गर्नका लागि काँग्रेसले जसरी भएपनि आन्दोलन र संविधानको रक्षमा जोडदिएका थिए । नेपाली काँग्रेस कञ्चनपुर सहसचिव पुष्कल चौधरीले संविधान कुल्चिएकाले पूर्नस्थापनका लागि सडक आन्दोलनमा जोडदिए ।

काँग्रेस समानुपाति आधार मुल्य मान्यतामा रहेको पार्टीले सबै क्षेत्रमा समानुपाति र समावेसी प्रतिनिधित्व गर्दै चुनावमा सहभागितामा जोडदिए । नेपाली काँग्रेस क्षेत्र नम्बर १का क्षेत्री सभापति गोपी प्रशाद उपाध्यायले संचालन गरेको कार्यक्रममा सचिव बिश्राम रानाले संचालन गरेका थिए । कार्यक्रममा क्षेत्र नम्बर १का नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

ताजा समाचार