महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको आज उद्धघाटन

पहिलो दिनको खेल एमसिडिसी र एमएसपी बिच महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता -२०७७ आज देखि सुरु हुने भएको छ।
विश्वव्यापी रुपमा फैलिएको “कोभिड-१९ “कोरोना भाइरस ले थला परेका खेलकुद क्षेत्र लाई उजागर गर्नका लागि र फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा आज माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबै भन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप -२०७७ को आयोजना आज १२:३० बजे उद्धघाटन हुने पुर्व खेलाडी एवं प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताउनु भएको छ। प्रतियोगिताको उद्धघाटन खेल समूह “सि” अन्तर्गत एमसिडिसी धरमपुर र एमएसपी महेन्द्रनगर बिच महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने छ।यसरी उनका अनुसार ‘प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको र प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार-चार टिम रहि नकाउट आधारमा खेल खेलाईने छन् । प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds