सुदूरपश्चिममा फुटवल खेलका प्रणेता शाही

कञ्चनपुर
कञ्चनपुरको खुल्ला मञ्चमा साना–साना खेलाडीहरुको विचमा फुटबल खेलको तालमा ताल मिलाउदै दौडि रहेका एक जना अधवैसे पुरुष जो कोहिले पनि सधै देख्ने गरेका छन । फुर्तिलो ज्यान भएका ति ब्यक्तिको साना खेलाडी संग खेल्नु सधैको दिनचर्या नै बनेको छ । उनी संगै फुटबल खेल खेली रहेका ती बाल बालिकालाई भोलिको राष्ट्रको गौरव, सम्मानको रुपमा चिनाउन राष्ट्रको नाम विश्वसामु उच्च राख्नको लागि एक सक्षम र सफल खेलाडी उत्पादन गर्नु उनको लक्ष्य रहेको छ ।
ती फुटबल खेल सिकाउने प्रशिक्षक अरु कोई नभई कञ्चनपुर फुटबल क्षेत्रको विकासको लागि निरन्तर लागि रहने पुस्कर शाही हुन । फुटबल खेल जगतमा सुदूरपश्चिम प्रदेशमा उनको नाम नसुन्ने र उनलाई नचिन्ने सायदै कोही होलान । बुवा नरबहादुर शाही र आमा पार्वती शाहीको कोखबाट वि.स. २०१६ पुस १७ गते म्यानमार(बर्मा) मा जन्मेका शाहीका दुई दिदि र एक दाई छन ।

२०२२ सालमा नेपाल आएका थिए । एक वर्ष विराटनगर बसाई गरे पश्चात कञ्चनपुरमा स्थाई बसोबास गर्दै आएका छन् । होस सम्हाले देखि फुटबल खेलक्षेत्रमा लागेका शाहीले २०३३ मा राष्ट्रिय स्तरका खेल भलिबल, व्याटमिन्टन र हेण्डबल लगायतका खेलमा सहभागी भएका थिए । त्यस बेला खेलाडीको कमी रहेका कारण एउटै खेलाडीले सबै खेलमा भाग लिनु पर्ने बाध्यता रहेको उनले बताए । सानै देखी फुटबल खेल प्रति लगाव रहे पनि उनले २०३५ मा राष्ट्रिय स्तरमा फुटबल खेलमा सहभागी हुने मौका पाएका थिए । २०५८ साल सम्म फुटबल खेलाडी रहेका उनले २०५८ देखि प्रशिक्षक भएर प्रशिक्षण दिन शुरु गरे । उनले प्रशिक्षण गरेका खेलाडी अहिले राष्ट्रिय र अन्तराष्ट्रिय खेल खेलिरहेका छन भने कतिपय नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनामा फुटबल खेलाडी रहेका छन् । निरञ्जन मल्ल, विरेन्द्र चन्द, अर्पण कार्की, दिपक भण्डारा, पुनम फासर््वान, अञ्जलि चन्द जस्ता राष्ट्रिय अन्तराष्ट्रि खेलाडीलाई उनले प्रशिक्षण दिएका हुन् ।
हाल विभिन्न उमेर समुहका बाल बालिका गरी ८० देखि १०० जना सम्मलाई प्रशिक्षण दिई रहेका छन् ।


अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल पुलिस क्लबबीच एकेडेमी सञ्चालन गर्ने सम्झौता अनुरुप १३ वर्ष मुनिका बाल बालिकालाई निःशुल्क एकेडेमीमा भर्ना गर्न सकिने भएकोले अहिले उनी उत्कृष्ट खेलाडी बनाउनका लागि परेका छन् । जसले गर्दा यस क्षेत्रका केही भाई बहिनीहरुले पनि एकेडेमीमा भर्ना लिन सक्छन् ।हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जिल्ला प्रशिक्षकका साथै प्रदेश नं. ७ को ग्रासरुटको हेड पनि हुन । उनि २०५२ मा कञ्चनपुर फुटबल संघको संस्थापक अध्यक्ष समेत रहेका थिए । प्रशिक्षणको दौरान उनले भारत, हङ्कङ, भुटान र क्रिगिस्तान सम्मको यात्रा गरेका छन् ।अहिले सम्म कञ्चनपुरको खुल्ला मञ्चमा प्रशिक्षण गराउदै आए पनि विभिन्न समयमा मञ्चमा हुने कार्यक्रमले खेल प्रशिक्षणमा अवरोध पु¥याउने हुनाले अखिल नेपाल फुटबल संघले फुटबल खेलको लागि आफनै ग्राउण्ड बनाएमा अझै राम्रा खेलाडीहरु बनाउन मद्दत मिल्न सकिने प्रशिक्षक शाही बताउछन् ।


विदेशमा खेलाडीहरुको लागि चाहिने सबै श्रोत साधनले सुविधा सम्पन्न हुन्छन जसले गर्दा उनीहरुमा आत्मविश्वास बढि हुने गर्दछ । हामी कहाँ पनि पहिले भन्दा अहिले धेरै सुविधा सम्पन भए पनि उनीहरु सँग दाँज्न सकिने अवस्था भने छैन ।
राष्ट्रिय र अन्तराष्ट्रिय थुप्रै खेल खेलेका शाही ६१ वर्षको उमेरमा पनि कुनै युवा खेलाडी भन्दा कम देखिदैनन् । बुवा म्यानमार (बर्मा)मा आर्मी र त्यसैमा फुटबल खेलाडी पनि रहेकाले बुवा बाट प्रेरणा पाएको उनले बताए । फुटबल खेललाई पेशा बनाएका शाहीलाई घर परिवार तथा सबैले साथ सहयोग गर्दे आएका छन् भने सबैले गुरु भनेर सम्मान गर्दा आफुलाई गौरव अनुभूति हुने उनी बताउछन् ।

ताजा समाचार

This will close in 10 seconds