ओली पक्षीय नेकपा बेलडाँडीको भेला सम्पन्न

बेलडाँडी

ओली पक्षीय नेकपा बेलडाँडी गाँउपालिका कमिटिको भेला सम्पन्न भएको छ । शनिबार बेलडाँडीमा गाउँकमिटि स्तरिय भेला सम्पन्न भएको होे । ओली पक्षीय अनेरास्ववियूका केन्द्रीय सदस्य कमल रोकायाले भेला सम्पन्न भएको बताए । उनका अनुसार नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भङ गरेर ताजा जानादेशमा जाने निर्णय देश र जनताको हितमा भएकाले चुनावमा जानुपर्ने पक्षमा नेताहरुले जोडबल गरेको बताए ।

नेकपा बेलडाँडीका कार्यालय सदस्य खडक थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा(पातल) प्रमुख अथिति रहेका थिए । ओली पक्षीय नेता नेकपा बेलडाँडीका कार्यालय सचिव शकर भट्टले संचालन गरेको कार्यक्रममा केन्दीय सदस्य खेम सुवेदी,महेश पन्त, फैरु तामाङ्ग, कञ्चन गिरी, पल्लव भट्ट, बलदेव बुडाल, रामचन्द्रनेपाल, भक्त अधिकारी, प्रदेश सदस्य धन ब. थापा, जिल्ला सदस्य राधाकृष्ण जोशी(ज्याला, कमल रोकाया),शैलेन्द्र बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds