कञ्चनपुर
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले प्रचण्ड–माधव नेपाललाई साथ दिएर अघि बढनु पर्ने बताएका छन् कञ्चनपुर प्रेस युनियनले आयेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । अहिले देशमा संसद विघटन भएको बेला संसद पुर्नस्थापना गर्नको लागि ने.क.पा. (प्रचण्ड–माधव) समुहलाई सहयोग गर्नु पर्ने कोईरालले बताए ।
कांग्रेसको त दुबै हातमा लड्ढु छ नी ? भन्ने पत्रकारले गरेको प्रश्नको उत्तर दिदै कोईराले भने ‘कांग्रेसलाई केको लड्डु ? ओली र प्रचण्डले शेर बहादुर लाई प्रधानमन्त्री बनाई दिन्छन ? ’ कोईराले थपे ‘चुनाव पनि समयमा हुने म देख्दिन, त्यसकारण संसद पुर्नस्थापनाको पक्षमा छौ ।’ संसाद पुर्नस्थापना भएपछि संविधान ट्रेकमा आउछ ।
माघ २ गते दिलेन्द्र प्रसाद बडुको आमाको देहान्त भए पछि उनलाई समवेदना दिन उनी कञ्चनपुर आएका हुन् ।