कैलाली
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १९ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम.) पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।
तालिम उदघाटन कार्यक्रमको अध्यक्षता धनगढी उपमहानगरपालिका वडा नं १९ का अध्यक्ष तिलुराम चाैधरिले गर्न भएको थियो भने अतिथी निडस नेपालका विनाेद कडारा, साेहि वडाका सदस्य विना चाैधरि रहनु भएको थियो । कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।
वडा अध्यक्ष चाैधरिले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ। कार्यक्रमको संचालन फिल्ड स्टाफ सुजाता चाैधरिले गर्नु भएको थियो भने अहिले लाई उक्त तालिम वा कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ।