सुदूरपश्चिमको हराभरा वन फडाँनी गर्न वन तस्करलाई नै वनमन्त्री : रावल

कञ्चनपुर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य एव पुर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको हराभरा वन फडानी गर्नका लागि पुर्व वन तस्करलाई नै वनमन्त्री बनाएको कटाक्ष गरेका छन । बिहीबार महेन्द्रनगरमा नेकपा प्रचण्ड, नेपाल पक्षीय नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले वनमन्त्री प्रेम आलेतर्फ लक्षित गरेर पुर्ववन तस्करलाई वनमन्त्री बनाएर सुदूरको वन फडाँडी हुने दावि गरेका हुन । ‘वन तस्करीको मिसिल आदालतमा जिवितै छ, ‘रावलले भने, ‘वन तस्कर नै वनमन्त्री भए के सुदूरका रुख रहलान ।’ पुर्व ईतिहास खोज्ने डरले उनले पहिले आफ्ना बिरुद्ध कु प्रचार गरिरहेको रावलले बताइ ।

वनमन्त्री आउँदा सबैले उ हेर वन तस्कर आयो भन्दै सबैको कुरा काटिरहेको भन्दै रावलले यस्ता तस्करलाई वनमन्त्री दिएर प्रधानमन्त्री ओलीले के गर्न खोजिएको प्रशन गरे । सुदूरपश्चिममा चार चार मन्त्री दिनु पार्टी फुटको अस्त्र प्रयोग गरेको रावलको टिप्पणी छ । प्रतिनिधी सभा विघटन नभएको बताउदै रावलले विघटनको पनि केही प्रकृया रहेको बताउदै प्रधानमन्त्री ओलीले दम्भ र अहङकारबाट संसद भङ गरेको बताए । ‘जनताको सपना र भविष्यमाथि कुठाराघात भएको छ, ‘रावलले भने, ‘प्रधानमन्त्री ओलीको कदमको जति निन्दा गरेपनि कमै हुन्छ ।’ प्रधानमन्त्री ओलीमा शक्ति र पदको उत्माद चढ्दा कोरोना कहरका बेला खोपका लागि ५० अर्ब चाहिने समयमा भएको संसद भङ गरेर ताजा जनादेशमा जान्छु, भन्नु प्रधानमन्त्रीको झुटा र भ्रम छलिरहेको आरोप लगाए ।

रावलले प्रधानमन्त्री ओलीलाई पार्टी फुटाउन उद्यत भएकाले एक नम्बरको भगौडा ओली भएको आरोप लगाएका छन । आफुलाई केटो भनि र कोरोना कहरका बेला सुदूरपश्चिमेली जनतालाई कोरोना सार्ने सुदूरका उत्ताउँला भनेर दिएको अभिव्यक्तिबाट प्रधानमन्त्री ओलीको सुदूरपश्चिमप्रति हेपाह प्रवृति रहेको दावि गरे । राववले आफु सविधानको मस्यौदाकार भएको बताउदै प्रधानमन्त्रीलाई सनट चट्दा भङ गर्न नसक्ने व्यवस्था बनाईएको बताए । ‘संविधानमा धेरै अभ्यास र ख्याल गरेर संसद भङका प्रकृया राखिएको हो, ‘रावलले भने, ‘प्रधानमन्त्रीले धारा नै उल्लेख नगरि राष्ट्रपति कहाँ पठाएको संविधान सदर गरिदिईन ।’ संविधानकै संरक्षकबाटै संविधान कुल्चिएको बताउदै उनले गैर सम्बैधानिक कदम बिरुद्धमा संघर्ष गर्नुपर्ने उदघोष गरे ।

२६ भदौँ ०७६कै स्थायी कमिटि बैडकबाट ओलीलाई ५ बर्षका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएको बताउदै रावलले ओलीले आफु स्वेच्छारी हुनकै लागि ससद भङ गररेको बताए । ‘बैशाखमै ओलीले पार्टी फुटाउन खोजेका थिए, ‘उनले भने, ‘त्यो हामी हामीले रोकिदिए ।’ हुँदै नभएको अधिकार दुरुपयोग गरि ससद भङ गरेको बताउदै रावलले आदालत, निर्वाचन आयोगमा सेटिङ्ग गरेको भए त्यो राष्ट्रघाती कदम हुने टिप्पणी गरे । प्रधानमन्त्री ओलीले बैशाखमा चुनाव घोषण चुनावका लागि नभई पदका लागि भएको उनको दावि छ ।

ताजा समाचार

This will close in 10 seconds