दोधाराका शिक्षक गोबिन्दको शव घर ल्याउदा गाँउ शोकाकुल


दोधारा

दोधारा चाँदनीका शिक्षकको शव घर ल्याउदा गाँउनै शोकाकुल भएको छन् । हिजो अबेर साँझ आफ्न्तलाई उपचार गरेर घर फर्केने क्रममा भारतको उत्तराखण्ड क्षेत्रको झनकैया सडक खण्डमा सडक दुर्घटनामा परि मृत्यु भएका दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी तथा श्री लक्ष्मी माध्यमिक बिद्यालयका शिक्षक गोबिन्द नेपालीको शव आज घर ल्याईएको छ् । उनि लामो समय देखि लक्ष्मी माध्यमिक बिद्यालयमा शिक्षण पेशामा रहदै आएका थिए ।

उनको आज अपरान्ह भारतको उत्तराखण्ड क्षेत्रको खटिमा सरकारी अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई शव जिम्मा दिईएको हो । मृतक गोबिन्द नेपालीको शव घरमा ल्याएपछि गाँउलेहरुले उनको अन्तिम मुहार हेर्न भिड लागेको छ् । मृतक गोबिन्द नेपाली एक सज्जन तथा ईमान्दार शिक्षक संगै समाजमा सबै संग मिलनसार ब्यक्ती हुन् । उनि दोधारा चाँदनीका सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षक संगठनका अध्यक्ष तथा रामलिला समिति दोधाराका सचिव समेत रहेका छन् । ‘अत्यन्तै दुःखद खबर आयो बिश्वास लागेको छैन् ।

एक होनहार ईमान्दार युवा श्री लक्ष्मी उच्च माध्यमिक बिद्यालय दोधाराका शिक्षक गोबिन्द नेपाली सरको मोटर साईकल दुर्घटना परि निधन भएको खबरले स्तम्भ भएका छौ । मृतक आत्माको चिर शान्तीको कामना स्वर्गमा बाँस होस परिवार प्रती भगवानले धर्य धारण गर्ने शक्ति प्रदान गरुन् हार्दिक श्रद्धाञ्जली सर’ नेपाली काग्रेंसका नेता तथा तत्तकालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

अध्यक्ष बेल बहादुर रानाले समाजले एक होनहार युवा तथा गुरु गुमाएको बताएका छन् । शिक्षक गोबिन्दको मृत्युले समाजले अपूरणीय क्षती ब्यहोर्नु परेको अध्यक्ष रानाको भनाई रहेको छ् । ‘सबैको प्रिय, परम आत्मीय, सहयोगी, मृदुभाषी, आज्ञाकारी, अनुशाशित, हितैषी, कर्तव्यनिष्ठ, कर्मयोगी मिलनसार व्यक्तित्वका धनी लक्ष्मी माध्यमिक बिद्यालय दोधारा बाबाथानका शिक्षक (बिद्यालय ब्यवस्थापन शिक्षक प्रतिनिधी) परम सहयोगी आत्मीय मित्र गोविन्द नेपालीको मोटर साईकल दुर्घटनामा परी स्वर्गारोहण हुनुभएको अपत्यारिलो, दुर्भाग्यपूर्ण, दुखद खबरले म, लगाएत लक्ष्मी मावि बाबाथान परिवार निकै स्तब्ध भएका छौ’ लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानध्यापक लोकराज भट्टले आफ्नो समाजिक संजालमा पिडा पोखेका छन् ।

शिक्षक गोबिन्द नेपालीको मृत्युको खबरले हिजो राती देखि सामाजिक संजालमा संबेदना प्रकटले भरिभराउ छ् । सबैले आफ्नो पिडा सामाजिक संजालमा पोखेका छन् । आज शिक्षक गोबिन्दको शोकमा बाबाथान बजार बन्द गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले शिक्षक गोबिन्द नेपाली एक समाजको लागी होनहार शिक्षक रहेको बताएका छन् । समाजले एक अतिमिलनसार, लगनशिल तथा मेहनती शिक्षक गुमाएको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । समाजको लागी शिक्षक गोबिन्दको देहँन्तले अपूरणीय क्षती भएको भन्दै शोकाकुल परिवारमा धर्यधारण गर्ने शक्ती ईश्वरले प्रदान गरुन भन्ने कामना समेत उनले गरेका छन् । भोली बिहान मृतक गोबिन्दको दाहसंस्कार गरिने पारिवारी श्रोतले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img