निर्मला हत्याकाण्ड सल्टाउने मेरो पहिलो प्राथमिता हुन्छ ः कञ्चनपुर प्रहरी प्रमुख चर्तुरबेद


कञ्चनपुर
हालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेर आउनु भएका प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुवेदीले निर्मला हत्याकाण्ड सल्टाउने लआफ्नो पहिलो प्राथमिकतामका राखेको बताउनुभएको छ । मंगलबार संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा बोल्दै कञ्चनपुर प्रहरी प्रमुख चर्तुवेदीले निर्मला हत्याकाण्ड आफ्नो पहिलो प्राथमिकतामका राखेको बताउनुभएको हो ।
निर्मला हत्याकाण्ड अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट यस अघि नै जिम्मेबारी पाएका प्रहरी उपरीक्षक उमा चर्तुरबेदीले निर्मला हत्याकाण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मेरो पहिलो प्राथमिकता निर्मला काण्ड सुल्झाउने हो, ‘त्यही अनुरुप काम गर्छु, ‘उनले भने, ‘चोक चौराहमा निर्मलाको हत्यारा फलानो अलानो भनेर केही हुँदैन, त्यस्तो केही प्रमाण भए राज्यलाई सहयोग गर्नुहोस ।’ आ–आफ्नो स्वार्थ अनुरुप सडक चोक चौराहमा बोल्नुभन्दा केही सूचना भए राज्यलाई सहयोग गर्न समेत उनले अपिल गरे ।
‘म डेटलाईन भन्दैन, तर मेरै कार्यकालमा निर्मला हत्याकाण्ड सल्टाउँछु, ‘कञ्चनपुर प्रहरी प्रमुख चर्तुरबेदीले भने, ‘मेरो पुरै प्रयास यो काण्ड सल्टाउने हुन्छ ।’ चर्तुरबेदीले सबै प्रमाण जुटाएर मात्रै अभियुक्तलाई आदालत पेश गर्ने बताएका छन । उनले जिल्लाको शान्ति सुरक्षा एव अमन चयन र गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए ।

Loading Viewer...

ताजा समाचार

spot_img