ज्योति विकास बैंकद्वारा महाकाली अस्पताललाई बेबी वार्मर

कञ्चनपुर,
ज्योति विकास बैंकले महाकाली अस्पताललाई बेबी वार्मर मेसिन सहयोग गरेको छ । बैंकले नेपालमै निर्माण भएको बेबी वार्मर मेसिन महाकाली अस्पताललाई सहयोग गरेको हो ।

राष्ट्रिय आविस्कार निर्माण केन्द्रले बनाएको बेबी वार्मर मेसिन महाकाली अस्पताललाई सहयोग गरेको बैंकले जनाएको छ । सोमबार एक कार्यक्रमका विच महाकाली अस्पताललाई ज्योति विकास बैंक शाखा महेन्द्रनगरका प्रमुख लक्ष्मण चौक्याल, केन्द्रीय कार्यालयका ब्रान्डिङ्ग हेड कुशलजंग अधिकारीले महाकाली अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन । ज्योति विकास विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख लक्ष्मण चौक्यालले ‘हाम्रो विकास प्रर्बद्धन कोष अन्र्तरगत राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेबी वार्मर अस्पताललाई दिएको बताए ।

डा. महाबिर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मरको नाम न्यानो नानी नामाकरण गरिएको छ । ज्योति विकास विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई १० थान बेबी वार्मर निर्माणका लागि सम्झौता गरे अनुरुप एक थान महाकाली अस्पताललाई दिनु भएको थियो। आमाको कोखबाट १०महिनापछि एक्कासी बाह्य वातावरणमा शिशु प्रवेस गर्दा उसलाई बाँच्नका लागि चाहिने आवश्यक तापक्रम उक्त मेसिन मार्फत दिईने छ । ज्योति विकास बैकले महाकाली अस्पतालमा दिएको मेसिनबाट सुत्केरी गराउने कार्यमा सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds