रानाथारु समुदायको भाषा अभिलेखिकरण हुने

पहिलाद राना

सुदूरपश्चिम प्रदेश (कैलाली,कञ्चनपुर)मा लामो समयदेखि बसोबास गर्दै आएका राना थारु समुदायको भाषाको अभिलेखिकरण हुने भएको छ । भाषा आयोगले यहाँका राना थारु समुदायको भाषाबारे अध्ययन गरिएको जनाएको छ । शनिबार कञ्चनपुरको लालझाडी गाँउपालिका ५देखतभूलीमा नेपाल राना थारु समाज र भाषा आयोगको आयोजनामा ‘राना थारु भाषाको अभिलेखिकण सम्बन्धी ब्यापकरण निर्माण विषय सरोकारवाला संग छलफल गरिएकोछ । छलफलमा राना थारु समुदायका अगुवाहरुले राना थारु समुदायको लोक संस्कृति संरक्षणा लागि सरकारले उचित पहल चलाएको बताएका छन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै्र नेपाल राना थारु समाजका उपाध्यक्ष कमल सिह रानाले लिखित रुपमा राना समुदायको कहिकतै भाषा सूचिकृत नभएपनि ऐतिहासिक गौरबका रुपमा राना समुदायको भाषा महत्वपूर्ण रहेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी निर्वतमान अध्यक्ष एव महिला प्रेमबती रानाले आदिमकालदेखि कैलाली कञ्चनपुरमा बस्दै आएका राना समुदायको भाषा दस्ताबेजिकरण नभएको भन्दै दुखेसो पोखे । ‘जन्मेदेखि मृत्युम्म राना समुदायको छुट्टै बिशिष्ठकृत धर्म, संस्कृति संस्कार छ, ‘उनले भनिन, ‘हामीले आफ्ना बालबालिकालाई मातृ भाषा सिकाउनुपर्छ ।’ दुर्गा आधारभूत विद्यालयका प्रअ बन्दु रानाले राना समुदायको धर्म संस्कृतिमाथि केही डलरबादी एनजिओ आईएनजिओबाट केही प्रयास भएपनि डलर हुँदासम्म खोजिनीति भयो, डलर सकिएपछि सो कार्यपनि सकिएको बताउदै अहिले सरकारबाट राना समुदायको भाषा सुचिकृतका लागि प्रयास भईरहेको बताए । प्रअ बडायकले राना भाषाको संरषणका लागि पाठ्यक्रम बनाउनुपर्नेमा जोडदिए । कञ्चनपुरका थारु नेता पल्टु रानाले राना समुदायको ऐतिहासिक धर्म संस्कृति संस्कार संरक्षणमा लागि सबै सरकार एकहुनुपर्नेमा जोडदिए । राना थारु समुदायबाट निर्वाचित जनप्रतिनिधी एव अन्य जनप्रतिनिधीले कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना समुदायको धर्म संस्कृति संस्कार संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कृष्णपुर नगरपालिका ९का वडाध्यक्ष धर्मसिह बडायकले राना समुदायको ईतिहासको लिपिबद्धता गर्ने बचन दिए । लालझाडी गाँउपालिका ५वडाध्यक्ष नन्दराम अवस्थीले राना समुदायको भाषालाई प्रर्बद्धन गर्ने बचन दिए । कृष्णपुर नगरपालिका उप प्रमुख रमिता राना बडायकले आफुहरुले जनप्रतिनिधी नहुँदै आफुहरुले राना समुदायको भाषाको अध्ययन गरेको बताउदै आफ्नो तर्फबाट राना समुदायको भाषलाई दस्ताबेजिकरणमा लागि पहल गर्ने आवश्वास दिनुभयो । कृष्णपुर नगरका मेयर कर्ण हमालले कैलाली कञ्चनपुरमा आदिमकालदेखि बसोबास गर्दै आएका राना समुदायको धर्म संस्कृति, भाषा संरक्षणका जोडदिए । उनले पालिकाका तर्फबाट सहयोग गर्ने बचन दिए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका नेपाल राना थारु समाजका अध्यक्ष कृपाराम रानाले वर्तमान सरकारले राना थारु समुदायको लोक संस्कृति संरक्षण एव भाषा प्रर्बद्धनका लागि उल्लेख भूमिका निर्वाह गरेको बताए । कैलाली कञ्चनपुरमा रहेका राना समुदायको पहिचानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले उचित भूमिकाबाट राना थारु समुदायको भाषा सूचिकृतका साथै आदिवासी जनजातिमा सूचिकृत गरिएको बताए ।

‘संस्कृति संरक्षण बिनाविकास हुँदैन, ‘उनले भने, ‘जब संस्कृति छ, तब विकास हुन्छ ।’ ब्यापकरण बिना औपचारिक नहुने बताउदै संविधान सभा सदस्य समेत रहेका अध्यक्ष रानाले संविधानले नै भाषा संरक्षणको हकलाई मौलिक हकमा राखेकाले अब राना समुदायको भाषाबारे ब्यायाकरण बन्ने बताए । उनले आफु पहिलेदेखि नै राना थारु समुदायको मुल धर्म, भाषा संस्कृति संरक्षणका लागि पहल गरिरहेको बताउदै अहिले भोली पनि पहल गर्ने बचन दिए । त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञानका सहायक डिन तथा भाषाशास्त्री डा. द्वविनन्द ढकालले राना समुदायको भाषा पहिलो पटक अध्ययन भईरहेको बताए । ‘शब्दकोष, ब्याकरण र पाठ्यस्रगहबाट अध्ययन गछौँ, ‘उनले भने, ‘यो ऐतिहासिक नयाँ विषय हो ।’ उनका अनुसार भाषाविज्ञ कमल सिह राना, राज कुमार राना सहित २१ बर्षदेखि माथि ६५ बर्षसम्मका राना समुदायलाई स्रोत बनाएर राना भाषाको अध्ययन गरिने बताए । भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषा सम्बन्धी सम्वैधानिक व्यवस्था अनुरुप कैलाली कञ्चनपुरमा रहेका राना समुदायको भाषा अध्ययन भईरहेको बताउदै चालु आर्थिक बर्षभित्रै भाषाबारे ब्याकरण निर्माण गरिने बताए । आफ्ना भाषाबारे ब्ययाकरण निर्माण हुने भएपछि कैलाली कञ्चनपुरका रानासमुदाय हर्षित भएका छन । उनीहरुले यस अघि राना थारुलाई अन्य सबै थारु समुदायमा राखेर ओझेलमा परेकोे भन्दै अब छुट्टै राना थारु समुदायको भाषा सूचिकृत भएकोप्रति सरकारले रानाथारु समुदायको लोक संस्कृतिमा प्रर्बद्धन गरेको बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds