सुदूरमा सरकारी साधनको दुरुपयोग वनको गाडी प्रहरी नियन्त्रणमा घाईते युवक अस्पतालमा

कैलाली डिभिजन वन कार्यालयको गाडी चार दिन कञ्चनपुरको कलुवापुर जंगलमा अटो र मोटरसाईकललाई ठक्कर दिएपछि प्रहरी नियन्त्रणमा

कञ्चनपुर,
सुदूरपश्चिममा सरकारी सवारी साधन चरम दुरुपयोग भईरहेको पाईएको छ । सरकारी कामकाजका लागि प्रयोग गर्नुपर्ने सवारी साधनलाई केही कर्मचारीले गैर जिम्मेबारी ढङगबाट आफ्नै निजी सवारी साधन सम्झिएर दुरुपयोग गर्नै आएको जनगुनासो बढिरहेको छ ।
स्थानीयका अनुसार मदिराका मट्टीदेखि विवाह भोजभतेरमा सरकारी सवारी साधनको चरम दुरुपयोग भईरहेका छन । सुदूरपश्चिम प्रदेश डिभिजन वन कार्यालय कैलालीको रा १ झ ९७ नम्बरको जिपले गत २७ पुषमा कार्यालय बाहेक अन्य कामका लागि  महेन्द्रनगर देखि धनगढी तर्फ गइरहेको  बेला कञ्चनपुरको कलुवापुर जंगलमा दुर्घटना हुँदा उक्त सरकारी सवारी साधन दुरुपयोग भएको खुलेको हो ।
महेन्द्रनगरबाट धनगढी तर्फ गइरहेको वनको जिपले साझ ६ः४५ बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कलुवापुर नजिकैको जंगलमा सु प .०१००१–से ४९३१ नम्बरको अटो रिक्सा र से १ प ७८९२ को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक कृष्णपुर नगरपालिका ८ मजगाईका हरिराम चौधरी घाइते भएका थिए ।
कैलालीको गेटादेखि महेन्द्रनगरको भाँसी आफ्ना आफन्तलाई भेटघाट गर्नका लागि हिनेका चौधरी विच बाटोमै दुर्घटनामा परेका हुन । उनका अनुसार आफू भन्दा अगाडिको अटो रिक्सालाई वनको गाडीले ठक्कर दिएर पल्टिएको देख्दा देख्दै गाडिले सिधै आफू चडेको मोटरसाइकलमा ठक्कर दिएको थियो । ‘अटोलाई ठक्कर दियो, मलाई पनि दियो म ढले, ‘घाईते चौधरीले भने, ‘त्यसपछि म बेहोस भएछु ।’ अहिले घाईते चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचार भैरहेको छ । उनको घाटिको बायाँ पट्टीको हड्डीमा चोट रहेको अस्पताल स्रोतले बताएको छ । आफ्नै लगानीमा उपचार गराइरहेको घाइते चौधरीले दुखेसो पोखे । ‘सरकारी गाडीले ठोक्यो, ‘उनले भने, ‘म घाईते हुँदा पनि केही वास्ता गरिएन ।’ चार दिनवितिसक्दा पनि आफ्नो स्वाथ्यको बारेमा सरकारी कार्यालयले वेवास्ता राखेको उनको दुखेसो थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले सरकारी सवारी साधन प्रहरी नियन्त्रणमा रहेको बताए । ‘सहमती भए मात्रै छाडिने बताउदै प्रवक्ता थापाले सरकारी साधन सुदूरपयोग वा कामको बारेमा प्रहरीले अहिले अध्यन नगरेको बताउदै उनले दुर्घटनाका हिसाबले मात्रै हेरिरहेको बताए ।
डिभिजन वन कार्यालय कैलालीका डिभिजन अधिकृत रामचन्द्र कडेलले आफु कार्यालयमा नगएको र कसले प्रयोग गरेको हो, वा होईन भन्ने बारेमा कार्यालयमा पुगेर बुझेर बताउने गैर जिम्ेमबारी जवाफ दिए । निजी कामका लागि सवारी साधन दुरुपयोग भएकाले वन कार्यालयले यस बारेमा चुपचाप बसेको स्थानीयको तर्क छ । सुदूरमा चरम सरकारी सवारी साधन दुरुपयोग हुदा नागरिकस्तरबाट त्यसको चौतर्फि बिरोध भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds