विदेशीयका यूवा वेत, बाँस उद्योगमा व्यस्त

स्थानिय तह बाट पाएनन् सहयोग

कञ्चनपुर
२ वर्ष पहिले दुबईमा काम गरेर स्वदेशमै केही गर्न सकिन्छ कि भन्दै घर फर्केका कञ्चनपुरको मेहेन्द्रनगरका एक मेहेनती, लगनशील यूवा वेत,बाँस, अम्रिसो तथा निङ्गालो बाट विभिन्न आकर्षक एवं उपयोगी सामग्री उत्पादन र विक्रीबाटै लोभलाग्दो आम्दानी गरिरहेका छन् । भने उक्त वेत बाँस लघु उद्योगमार्फत व्यावसायीक सफलता समेत प्राप्त गरेका छन् । भीमदत्त नगरपालिका १८ बागवाणी टोलका २९ वर्षीय सागर क्षेत्री अहिले वेत तथा बाँस उ्द्योगमा व्यस्त रहेका छन् । २०७५ सालमा ५२ लाख रुपैयाको लगानी लगाएर स्थापना गरिएको विन्ध्यावासनी वेत तथा बाँस लघु उद्योगबाट २ वर्षको अवधिमा उनले लागत कटाएर ६२ लाख बराबर बचत गरेका छन् । उक्त मुनाफा रकमलाई समेत क्षेत्रीले व्यवसायको विस्तार तथा व्यवसायीक सम्भावनामा लगाएका छन् । लघु उद्योग सँगै विन्ध्या बट्टै कृषि फर्म पनि सञ्चालनमा ल्याएर ३ सय ५० बट्टै चरा तथा अन्य लोकल कुखुरा पालन व्यवसायलाई पनि अगाडि बढाएका छन् । निकट भविष्यमा व्यवसायलाई विस्तार गर्ने तथा ब्राण्डकै रुपमा स्थापना गर्ने सोचाई लिएका छन् ।

उक्त उद्योगबाट सफलता पाएपछि त्यो सँगै विन्ध्या बट्टै फर्म पनि १२ लाखको लगानीमा सञ्चालनमा ल्याउनुका साथै ह्याचरी समेत ल्याएर यसै वर्ष भित्र सात हजार चल्ला उत्पादन गर्ने लक्ष्य लिएका छन् । भीमदत्त नगरपालिका–१८ जानकी टोलमा अर्काको जमिन भाँडामा लिएर उक्त व्यवसाय लाई व्यवस्थित रुपमा अगाडि बढाउदै आएका छन् ।
उक्त उद्योगमा दैनिक रुपमा ३० जनाले काम पाएका छन् । कामदारहरुको काम अनुसार १५ देखि ३० हजार सम्म कमाउने गरेका छन् । जसले गर्दा रोजगारीको सिर्जना भएको छ । उक्त लघु उद्योगमा व्यावसायीक सिप विकास तथा तालिम केन्द्र र उद्योग वाणिज्य संघका सहकार्यमा वेत बाँसाका सामाग्री निर्माण सम्बन्धी ४५ दिने तालिम समेत सञ्चालन गरिएको छ ।। एकल महिला तथा गरिबहरुलाई प्राथमिकतामा राखेर सिप दिईरहेका छन् ।

स्वदेशी सामाग्रीको प्रयोग गरौँ, स्वदेशमै रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग स्थापना गरेको र त्यसै अनुसार धेरै जना लाई सिप सिकाईएको तथा आंशिक समय भएपनि ३० जना भन्दा बढीले रोजगारी पाएको यूवा उद्यमी क्षेत्रीले बताए । लकडाउनमा अन्य वेत तथा बाँस का सामाग्री को व्यापारमा कमी आएतापनि फुल कुच्चो र सिन्की कुच्चोको माग धान्नै गाहे भएको यूवा व्यवसायी सागरका बुबा लाल बहादुर क्षेत्रीले बताए । उनले राज्यले आफ्नो उद्यमलाई सम्मान गरी उत्पादीत वस्तु तथा सामाग्रीको बजार व्यवस्थापन गर्न सहयोग मात्रै गरिदिए आफूहरुमा हौसला पाईने बताए ।

देशमा गर्न चाहनेका लागि धेरै कुरा रहेको र सबैले सम्भावनाको खोजीमा जुट्नुपर्ने सागरको सुझाव छ ।
स्वदेशमै स्वरोजगारसहित अरुलाई समेत काम दिन पाउँदा आत्मसन्तोष मिल्ने गरेको उनको अनुभव छ ।
उनले दुई/ढाई लाख रुपैया ऋण लगाएर विदेश जानुभन्दा यतै सिप सिएर सानै उद्योग गरेर पनि राम्रो आर्थिक लाभ प्राप्त गर्न सकिने वताए । उक्त उद्योगका लागि आवश्यक पर्ने वेत तथा बाँस, अम्रिसो लगायतका कच्चा पदार्थ आपूर्तीमा कमी हुन नसक्दा पूर्वका जिल्लाबाट मागाउनुुपर्ने बाध्यता रहेको छ । सुदूरपश्चिममा प्रयाप्त कृषि सम्भावना रहेतापनि कृषकले काम गर्ने वातावरण राज्यले निर्माण गरिदिनुपर्नेमा सागरको जोड छ । विन्ध्यवासनी बाँस तथा वेत उद्योगबाट विभिन्न खालका घर सजावटदेखि कार्यालयमा समेत उपयोगी हुने विभिन्न खाले टेबल, गार्डिङग टेबल, कुर्ची,फुल डाली, सीँडी लगायतका आकर्षक र उपयोगी सामाग्रीहरु निर्माण गरिन्छ । ती सामाग्रीहरुको माग अहिले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत हुन थालेको छ ।

सीप युक्त कामदार नेपालमा नमिल्दा भारतबाट मगाउनुपर्ने अवस्था रहेको छ । जि.सी. ब्राण्डका नामले झाडुलाई व्यावसायीक प्रख्याती दिने दिर्घकालीन सपना लिएका छन् । भीमदत्त नगरपालिका लगायतका राज्यका अन्य निकायमा पहल गर्दा समेत कुनै सहायता पाउँन नसकिएको र सहयोग पाए उद्योगमा अझै ३० जना यूवालाई रोजगारी दिने क्षमता रहेको यूवा व्यावसायी क्षेत्रीको भनाई छ । उक्त लघु उद्योगको अवधारणा नौलो रुपमा आएको देखिन्छ । यस्ता सिर्जनात्मक तथा रचानात्मक उर्जाबाट सञ्चारित भई परिवार, समाज र देशलाई समृद्ध बनाउने दिशा लाग्ने यूवा उद्यमी सगरको व्यावसायीक योजनासँगैको अन्य यूवाहरुलाई पनि रोजगारीमा डो¥याउने भावि लक्ष्यमा राज्यले पनि साथ सहयोग गर्न सक्नुुपर्छ । जसले विदेशीने यूवाको लर्को अलिकति भएपनि कम हुने आशा गर्न सकिन्छ ।

ताजा समाचार