होटल व्यवसायी संघ कञ्चनपुरको बार्षिक साधारण सभा

कोडिभले थलिएका व्यवसायीको हितमा सरकारले केही नगरेको गुनासो

  • 47
    Shares

कञ्चनपुर
होटल व्यवसायी संघ कञ्चनपुरको २५ औँ बार्षिक साधारण तथा १६औँ अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा होटल होटल व्यवसायी संघ कञ्चनपुरको बार्षिक साधारण तथा अधिवेशन शुरु भएको हो ।अधिवेशनको सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्दै पर्यटन र आर्थिक क्षेत्रको विकासका होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको चित्रण गर्नुभयो । मन्त्री भट्टले सुदूरपश्चिममा समेत होटल पर्यटन एव उद्योग क्षर््ोत्रका प्रसस्त सम्भावना रहेकाले लगानीका क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्नेमा सुझाव दिदै प्रदेश सरकारका तर्फबाट होटल व्यवसायीलाई प्रर्बद्धन गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले कोडिभका कारण थलिएको होटल व्यवसायीलाई सरकारले केही पनि सहुलियत नभएको भन्दै दुखेसो पोखे । उनले राज्यलाई करोडौँ कर तिरिरहेका व्यवसायीमाथि महासंकट आईपर्दा समेत सरकारका तर्फबाट कुनै सहयोग नभएको भन्दै दुखेसो पोखेका हुन । नाका खुलाउनदेखि होटल क्षेत्र संचालनमा उनले जोडदिए । कञ्चनपुरका होटल व्यवसायीले सरकार, पार्टीले कोरोना रोकथामका लागि सरकारबाटै अपनाईएका सुरक्षा मापदण्ड लत्याउँदै हजारौँको भिडभाँड जुटाउने तर, होटल क्षेत्रलाई २०/२५ जना खाना खाना आउँदा डिस्टर्ब गर्ने भन्दै सरकारको आलोचना गरेका छन । उनीहरुले सरकारलाई दलहरुले हजारौँ कार्यकर्ता सडकमा उतार्ने कामले के कोरोना लाग्दैन ? भन्दै प्रशन गरिरहेका थिए । होटल व्यवसायी संघले कर्मचारी, होटल व्यवसायी, उद्योगीलाई पुरस्कृत एव सम्मान समेत गरेको छ । होटल व्यवसायी संघ कञ्चनपुरका कार्यालय प्रमुखलाई ५ हजार नगद सहित सम्मान गरिएको छ । भने र्संघका पुर्व अध्यक्ष पदमराज अवस्थी, पदाधिकारी अम्मराज खडका, गंगाराम गिरीलाई समेत सम्मान गरिएको हो ।

उद्योगी तर्फ कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, महाकाली बहुउदेश्यीय यातायात प्रालिका अध्यक्ष डम्बर दत्त पन्त, लबप्रतिष्ठीत व्यवसायी लवदेव पाण्डेय, लक्ष्मी पाण्डेय, उत्कृष्ठ होटल व्यवसायी पुरुष तर्फ नर बहादुर पाल, महिला तर्फ मुक्ति श्रेष्ठलाई सम्मान गरिएको थियो । नगर शाखा तर्फ बेदकोट, शुक्लाफाँटा, पुर्नवास, दोधाराचाँदनी र जगदम्बा गुफ, यति डिस्लरीलाई सम्मान गरिएको हो । होटल व्यवसायीलाई सहयोग गर्ने, होटल क्षेत्रको बृद्धि विकासका लागि सहयोग गर्ने एव उत्कृष्ठ काम गर्ने कर्मचारी र सफल होटल एव अन्य व्यवसायीलाई हौसला प्रदानका लागि सम्मान गरिएको हो । होटल व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष रामचन्द्र रेग्मीले आर्थिक र महासचिव शुशिल भट्ट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष रेग्मीले ७९ लाख, ४ हजार ४ सय ३२रुपैया बराबरको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने महासचिव भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा फुट फेस्टिबल कार्यक्रम निरन्तरता दिने, जिल्लाभरी रहेको होटल व्यवसायीको हकहितका लागि बाँकी रहेका पालिका स्तरमा समिति चयन गर्ने, होटल क्षेत्रको प्रर्बद्धन गरिने उल्लेख गरिएकोछ । बार्षिक साधारण सभा एव अधिवेशनको अध्यक्षता ग्राहण गरेका होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले स्थानीय क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रर्बद्धन एव होटल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिएको बताए । दोस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सफल पार्नका लागि सघले निकुञ्जमै बैठक आब्हान गरेको स्मरण गराउँदै पर्यटक क्षेत्रको विकासका लागि होटलको सेवा व्यवसाय महत्वपूर्ण रहेको बताए ।

  • 47
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...