प्रधानमन्त्री कप क्रीकेटको खेल तालिका सार्वजनिक

कञ्चनपुर,
काठमाडौंमा आयोजना हुने पुरुष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ ( क्यान ) ले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता माघ २ गतेदेखि १७ गतेसम्म चल्नेछ ।सात प्रादेशिक टोलीसँगै तीन विभागीय टोलीको सहभागिता रहने प्रतियोगितामा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसअन्तर्गत समूह ए मा त्रिभुवन आर्मी क्लब , एपीएफ , गण्डकी , प्रदेश १ र कर्णाली प्रदेश रहेको छ । भने समूह बी मा नेपाल पुलिस क्लब ,बागमती , लुम्बिनी , प्रदेश २ र सुदूरपश्चिम रहेको छ ।समूह चरणका खेलहरु कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । भने सेमिफाइनल र फाइनल खेल टियुमा हुनेछ । यता प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशको सामना गर्नेछ ।

ताजा समाचार

This will close in 10 seconds