कञ्चनपुर,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना बेदकोट न.पा वडा नं ४,बगुन का २० जना युवाहरुलाई ३९० घण्टे वैमौसमी तरकारी खेती तालिम प्रदान गरी एक समारोह बीच समापन गरिएकोे छ ।

प्रमुख अतिथी तथा नगर प्रमुख अशोक कुमार चन्दले तालिमले व्यवसाय वृद्धिमा टेवा पुग्ने र बगुनलाई एउटा नमुनाको रुपमा विकास गर्ने युवाहरुको जिम्मेवारी रहेको र सो अनुसार काम गर्न आग्रह समेत गर्नु भएको छ।
समापन कार्यक्रममा निड्सका पुष्पा जोशी, तालिम प्रशिक्षक अमर जागरी,सहायक प्रशिक्षक पवित्रा बोहराको उपस्थिती रहेका थियो । भने कार्यक्रमको संचालन परियोजना संयोजक विनोद कडाराले गर्नु भएको थियो भने अहिले लाई उक्त तालिम वा कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ।