निड्स नेपालद्धारा कृषकलाई वेमौसमी तरकारी खेतिमा जोड

  • 29
    Shares
कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारी को विषम परिस्थिति लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका जिल्लामा गैरसरकारी संस्थाले कृषकलाई बेमौसमी तरकारी खेतिमा जोड दिदै आएको छ।युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापनमा निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना बेदकोट न.पा वडा नं ५ धर्मपुरका २० जना युवाहरुलाई ३९० घण्टे वैमौसमी तरकारी खेती तालिम शुक्रबार देखि संचालन भएको परियोजना संयोजक बिनोद कडाराले जानकारी दिएका छन् । तालिममा बेदकोट न.पा र साना किसान कृषि सहकारी संस्था लि.संयुक्त साझेदारी तथा सहकार्य समेत गरिएको छ । तालिम समापन कार्यक्रमको अध्यक्षता बेदकोट न.पा का वडा नं ५ का अध्यक्ष गणेश विक र प्रमुख अतिथी प्रदेश सभा सदस्य लाल बहादुर खडका रहनु भएको थियो ।प्रमुख अतिथी कार्यक्रममा बोल्दै कृषकले आगामी दिनमा अझै राम्रो गर्न सके प्रदेशको तर्फबाट गर्न सकिने सहयोग आफुबाट निरन्तर रहिरहने बताएका छन् । भने तालिमलाई अंगिकार गरी व्यवसायिक बन्नु पर्ने कुरामा पनि जोड दिनु भएको छ।
साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष देवराज जोशी,निड्सका अध्यक्ष अन्जु जोशी भट्टले तालिमको शुभकामना समेत दिनु भएको र तालिममा निड्सका पुष्पा जोशी, तालिम प्रशिक्षक अमर जागरी,सहायक प्रशिक्षक ईशा खत्री, शिक्षक, लगायत अन्यको उपस्थिती रहेको थियो। भने कार्यक्रमको संचालन परियोजना संयोजक विनोद कडाराले गर्नुका साथै स्वागत मन्तव्य साना किसान कृषि सहकारी संस्थाका सदस्य जयराज जोशीले राख्नु भएको परियोजना संयोजक कडाराले बताए।
  • 29
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो...

लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र...

फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर  आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७...

सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक...

मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन...